बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमाथि २ सय २४ मिटर उचाइमा बिहिवार विहान बन्जी जम्पको सफल परिक्षण भएको छ । गत २०७३ सालदेखि बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो ।

गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १० मिनेट पर १५ करोड रुपैयाँ लगानीमा ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण सुरु भएको कुस्मा बञ्जिीजम्प बिहीबार सफल परिक्षण भएको होे । बन्जीका लागि अहिले सीमाक्षेत्रमा पाँच सय १५ मिटर लामो पुल निर्माणको गरिएको छ ।

पर्यटक नगरी पोखरा, मस्ताङ–मनाङ् जस्ता पर्यटकीय स्थान तथा  लोकमार्गबाट पनि नजिकै पर्ने भएकाले कुश्मामा निर्माणाधीन बन्जीले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीको भनाइ छ । पोखराको लेकसाइडमा कार्यालय सञ्चालनमा ल्याएको द क्लिफले ‘लभ कुश्मा’ रिसोर्ट नामबाट यो गन्तव्यको ब्रान्डिङ गरिरहेको छ ।

‘हामीले सवै प्रक्रिया पूरा गरेर परिक्षण सुरु गर्यौ । तर, फिनिसिङ समेत सकेर आउँदो बैशाखदेखि सर्वसाधारणले बञ्जी गर्न पाउनुहुनेछ’ कार्र्कीले भने । कुश्मा र बलेबा जोड्ने लामो झोलुङ्गे पुलमा बन्जी जम्प, स्काई साइक्लिङ एवम् स्विङसमेत सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

बञ्जी सँगै कुश्मा रिसोर्टमा करिब १ सयभन्दा बढीलाई सेवा दिने गरी रिसोर्ट निर्माण अन्तिम चरणमा पुगिसकेको छ । बन्जीका लागि चाहिने सबै सामान तथा प्राविधिक सामान सबै विदेशबाट मगाई जडान गरिएको हो । रिसोर्ट खासगरी टेन्ट सिस्टमको व्यवस्थामा आधारित हुने बताइएको छ ।

विश्वकै सबैभन्दा ऊचाइमा अवस्थित स्काई साइक्लिङ र स्विङसँगै विश्वकै दोस्रो अग्लो बन्जी (७ सय ३५ फुट) भएकाले यो एसियाकै उत्कृष्ट गन्तव्य बन्ने अध्यक्ष कार्कीको विश्वास छ । पोखरादेखि मुस्ताङसम्म जाने पर्यटकले एक पटक बन्जी नगरी नजाने उनको दाबी छ । यहाँ स्विङ, बन्जी, रेस्टुरेन्ट, रिसोर्ट, स्पा (मसाज), साउना बाथ (तातोमा पसिना निकाल्ने) र स्विमिङ पुलको सुविधा रहने उनले जानकारी दिए ।

कुश्मा बजारको व्यापार व्यवसाय खस्किँदै गएका बेला युवा उद्यमी कार्कीले, फ्लोरेन्स कार्की, स्थानीय युवा व्यवसायी युवराज जोशी र नेत्र पराजुलीलगायतको सहयोग लिएर पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका हुन् । यसले कुश्माको मात्र नभई नेपालकै पर्यटनलाई माथि उकास्ने उनको भनाइ छ । यसमा विश्वको नै ध्यान जान सक्ने उनले बताए ।

अहिले चाइनाको मकाउ टावरमा दुई सय ३३ मिटरमा पहिलो, स्विट्जरल्यान्डको टिसिनो भिर्जस्का ड्याममा दुई सय २० मिटरको दोस्रो र साउथ अफ्रिकामा तेस्रो अग्ला बन्जी सञ्चालनमा छन् । यो बाहेक अहिले भोटेकोशी, पोखरामा पनि बञ्जि जम्प सञ्चालनमा रहेका छन् । Source: dhorpatannews.com

Leave a Reply