---Advertisement---

बरंजाको जनप्रिय आधारभुत विद्यालयमा अक्षय कोष स्थापना

By -
On: January 30, 2020 8:05 PM
Follow Us:

मंगला गाउँपालिका–३ बरंजा खर्कको जनप्रिय आधारभुत विद्यालयमा एक दम्पत्तीले विपन्न तथा जेहन्दार छात्रछात्रालाई लक्षित गरी अक्षय कोष स्थापना गरेका छन् । बिहिबार विद्यालयमा आयोजित ३१ औं बार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका–४,सिंगा निवासी विना र तेजबहादुर खड्काले १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्।

सोही अवसरमा बरंजा खर्क घर भई हाल काठमाण्डौमा बस्ने याम बहादुर थापाले ५० हजार सहयोग गर्नुभएको स्थानीय यूवा गणेश खत्रीले बताए । सोही कार्यक्रमको अवसरमा चन्दादातालाई सम्मान तथा विद्यालयका पूर्व शिक्षक केपी सापकोटालाई विदाई गरिएको थियो।

कार्यक्रमको अवसरमा प्राप्त सहयोगलाई लक्षित विद्यार्थीको हितमा खर्च गर्ने प्रतिबद्धता जनाइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिलन रोकाको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक याम बहादुर घर्तीको स्वागत र शिक्षक दिलमायाँ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

-