पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, सल्यानको विकास आधारभूत विद्यालयलाई विभिन्न चन्दादाताहरुले शैक्षिक साथै प्राविधिक सामग्रीहरु प्रदान गरेका छन् । बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रालाई सामग्रीहरु सहयोग गरिएको हो ।

वडा सदस्य सरस्वती भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीयबासिन्दा क्या. दिपक जिसीले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई खेलकुद र पोशाक सामग्री प्रदान गरेका थिए । यसैगरी मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार अधिकारीले विद्यालयलाई १ थान कम्प्युटर प्रदान गरेका थिएभने व्यवसायी मोतिलाल पौडेलले पाँचहजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरे ।

रघुगंगा गाउँपालिका राखुका रमेश सुवेदीले विद्यार्थीहरुलाई मोजा तथा न्यानो टोपी र मंगला–२, बाबियाचौरका देवेन्द्र अधिकारीले खाजा खर्चवापत पाँचहजार नगद प्रदान गरेका थिए । साथै उनले प्रत्येक वर्ष पाँचहजार बराबरको सामग्री उपलब्ध गराउने समेत बताएका छन् । त्यस्तै किसान बोहोराले पाँचहजार बराबरको कपि कलम, पूर्णबहादुर कार्कीले खाजा तथा स्टेशनरी सामग्री उपलब्ध गराएका थिए ।

पैयुँपाटाका सोमबहादुर किसानले १ थान टेबुल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुँडामणि सुवेदीले पाँचहजार ५० रुपैंयाँ बराबरको सामग्री उपलब्ध गराए । सन्तु थापाले एकहजार आठसय रुपैयाँ बराबरको स्टेशनरी सामग्री, भागीरथ आचार्यले ३ थान जार, गोपाल कार्कीले पाँचहजार पाँचसय ५५, चन्द्रबहादुर सिंजालीले २० हजार एकसय पाँच रुपैयाँ विद्यालयको पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको प्रधानाध्यापक खबहादुर किसानले बताए ।

विद्यालयका जग्गादाता विकास जिसीको तर्फबाट चेतकुमारी जिसी, बेदबहादुर जिसी, तथा ध्रुव जिसीले समेत शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुँडामणि उपाध्यायको अध्यक्षता र शिक्षक रुद्र अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयको तेस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा नियमित हाँजिर हुने दिवान कार्की र अनुशासित विद्यार्थी ईसाना खड्कालाई जनही पाँचपाँच सय रुपैयाँ पूर्णगाउँका सूर्य तिवारीले सहयोग गरेका छन् ।

Leave a Reply