म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगर नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा टप ११ भित्र स्थान बनाउन सफल भएका छन्। बिहिबार नेशनले प्रतियोगितामा मुस्कान रानाभाटसँग ‘चाहना मनमा’ बोलको गीतमा दमदार प्रस्तुती देखाएका थिए ।

नेशनलाई निर्णायक न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटासँगै अतिथि मिलन नेवारले समेत प्रशंसा गरेका थिए ।नेपाल आइडलमा सुरुवातदेखिनै जर्जले समेत सेलीब्रेटीको रुपमा चर्चा गरेसँगै नेशनको प्रस्तुतीले समेत ब्यापक चर्चा पाउन थालेको छ ।

आफ्नो गायन कलाबाट निर्णायकलाई रिझाउन सफल नेशन नेपाल आईडलमा निर्णायकको सकरात्मक र उर्जा थपिने गरी प्रस्तुती दिनेमा अग्रसुचीमा छन् । नेशनलाई टप ११ मा पुर्याउन स्वदेश तथा विदेशबाट भोटिङ भएको थियो । अन्नपूर्ण गापा–६ घारको चित्र स्थायी घरभई हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुनलाई आइडलको अग्रसुचीमा ल्याउन मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन सहितको टोलीले ब्यापक अभियान सञ्चालन गरेका छन् ।

नेपालकै उत्कृष्ट रियालिटी सो भएकाले सबैको साथ आवश्यक रहेको नेशनले बताए । ‘मलाई जन्मगाउँदेखि विश्वभरबाट सहयोग भइरहेको छ’ नेशनले भने । भोटिङ समयमा सहयोगले आगामी यात्रा थप सहज भएको उनको भनाई छ । उनले पोखराको मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत छन् ।

Leave a Reply