अर्जुन कार्की
बागलुङ, १७ माघ ।
बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन बेनी नगरपालिकाले जित हातपार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छ । शुक्रबार ढोरपाटन नगरपालिका बागलुङलाई ० का विरुद्ध ३ गोलअन्तरले पराजित गर्दै बेनी नगरपालिकाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।


प्रतिस्पर्धात्मक पहिलो हाफको १६ औं मिनेटमा बेनी नगरपालिकाका मनिष श्रेष्ठले डिबक्स भित्रबाट सेकेन्ड बारमा उत्कृष्ट गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । श्रेष्ठले खेलको ४५ औं मिनेटमा आफ्नो लागि र टिमको लागि दोस्रो गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।


बेनीको लागि खेलकोको ८५ औं मिनेटमा विनाम थजालीले गोल गर्दै ३–० को जित सुनिश्चित गरे ।
पहिलो हाफमा ढोरपाटनका विवेक पुनको फ्रिकिक गोलबारमा लाग्दै बाहिरिएको थियो ।


बेनीको जितमा २ गोल गरेका मनिष खेलको म्यानअफदि म्याच चुनिए र उनले २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तरगत भोली (शनिबार) दुई खेल हुनेछ । पहिलो खेल भिमाद नगरपालिका तनहुँ विरुद्ध तुल्सीपुर उपमहानगरपालिका दाङ र दोस्रो खेल बागलुङ नगरपालिका विरुद्ध गल्कोट नगरपालिका बागलुङका विच हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक सुर्य लामिछानेले जानकारी दिनुभयो ।


बागलुङ नगरपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ढोरपाटन नगरपालिका, बागलुङ

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply