बागलुङ तमानखोला गाउँपालिका–१ बिसोकका ६४ वर्षीय रविलाल विकले ६० वर्षीया पत्नी जमुना विकलाई कुटपिट गरेपछि पति पत्नीबीच  कुटाकुट हुँदा पतिको मृत्यु भएको छ भने पत्नी गम्भिर घाइते भएकी छिन् । घरायसी विवादको क्रममा माघ १६ गते झगडा हुँदा जमुनाले धकेल्दा रविलालको टाउकोमा भित्तामा ठोक्किएको थियो ।

टाउकोमा चोट लागेर रविलालको मृत्यु घटनास्थलमै भएको जानकारी  इलाका प्रहरी कार्यालय बुर्तिवाङका इन्स्पेक्टर सुरज खड्काले दिनुभयो । पति पत्नीबिच  सधैजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र माघ १६ गते रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोकिएर मृत्यु भएको भन्दै स्थानियले माघ १७ गते बिहान प्रहरी चौकी बोङगादोभानमा खबर गरेका थिए ।

शवको पोष्टमार्टम माघ १७ गते बुर्तिवाङ स्वास्थ्यचौकीमा गरिने र मृतककी छोरीले शव बुझ्ने जानकारी इन्स्पेक्टर खड्काले दिनुभयो । उहाँले घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याइएको बताउनुभयो । सिर्जना पन्त

 

Leave a Reply