ड्रोनबाट खिचिएको म्याग्दीको एतिहाँसिकस्थल ताकम कोत मन्दिर । धवलागिरी गाउँपालिका–७, ताकमको शीरमा अवस्थित कोतमा पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्न ताकम कोत पुननिर्माणपछि चिटिक्क देखिएको छ ।

ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् । पश्चिम म्याग्दी हुदै ढोरपाटन, रुकुम जिल्लाका साथै धौलागिरी बेसक्याम्प जाने आन्तरिक तथा बाह्य पर्यटकलाई ताकमकोतमा लैजाने गरी ठाउँठाउँमा पूर्वाधार विस्तारको आवश्यकता रहेको छ । मन्दिर पूननिर्माणमा स्थानीयले करिव १ करोडको हाराहारीमा चन्दा समेत संकलन गरेका छन् ।

मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् । कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत रहेका छन् । तस्विर सौजन्य कृष्णराज पौडेल

Leave a Reply