पदयात्रामा निस्किएका चारजना पर्यटक बाटो बिराएर अलपत्र परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको लेकगाउँभन्दा माथिल्लो क्षेत्रमा पोखराका अंकित शाह सहित चारजना नेपाली पर्यटक बिहिबार साँझदेखि अलपत्र परेका हुन् । उनीहरुको खोजीकार्यका लागि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर सहितको टोली खोजीकार्यमा जुटेपनि शुक्रबार साँझसम्म सम्पर्कको प्रयास भइरहेको छ ।

अन्नपूर्ण गापा–५, पाउद्धारको खोप्राबाट नारच्याङको लेकगाउँ हुदै बेसीँतर्फ आउने क्रममा बाटो पहिचानमा समस्या भएको जानकारी पाएपछि खोजीकार्य तिब्र पारिएको प्रजिअ ढकालले जानकारी दिए । खोजीकार्यमा जुटेका प्रजिअ ढकाल सहितको टोलीसँग सम्पर्क हुन सकेको छैन् । अलपत्र पर्नेहरुमा दुई जना पोखरा र ३ जना काठमाण्डोको रहेको बताएको छ ।

खोजीकार्यमा प्रहरी सहितको टोलीलाई स्थानीयबासीले समेत सघाइरहेका छन् । अलपत्र परेको स्थानबाट बाटो पहिचान गरी गन्तब्यमा जानका लागि अनुरोध गरिएपनि जंगलमा फसेपछि समस्या भएको अलपत्र पर्यटकलाई उद्धित गदैं खोजीकार्यमा जुटेका स्थानीयको भनाई छ । मोवाइलबाट सम्पर्क गरी अलपत्र परेको जानकारी गराएलगत्तै प्रजिअ ढकाल सहितको टोली लेकगाउँ पुगेको थियो । अलपत्र परेकाले खोँचमा रहेको बताइरहेका छन् । हिउँका कारण पुरानो पदमार्ग पहिचानमा समस्या भएपछि हराएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply