म्याग्दीको पर्यटकीयस्थल खोप्राबाट गन्तब्यतर्फ फर्किने क्रममा अलपत्र परेका नेपाली पर्यटकको खोजीमा अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको लेकगाउँबाट गएको टोली अलपत्र पर्यटकको नजिक पुगेको अनुमान गरिएको छ ।

खोप्राबाट बिहिरबार नारच्याङ हुदै फर्किने क्रममा बाटो बिराएपछि अलपत्र परेका पोखराका अंकित शाह सहित चारजनाको खोजीमा रहेका लेकगाउँका दुई स्थानीयले खोचबाट आवाज सुनेको जानकारी गराएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताए ।

‘दुईजना स्थानीय त्यसतर्फ जानुभएको छ,‘उहाँहरुले आवाज सुनेको बताइरहनुभएको छ’ प्रनाउ कुँवरले भने । उनका अनुसार आसपासमा हिमालमात्रै देखिने भएकाले अलपत्र पर्यटकले लोकेशन दिन नसक्ने अवस्थामा रहेकाले उक्त क्षेत्रका बारेमा जानकारी भएका स्थानीय परिचालन गरिएको बताए। खोजीकार्यमा प्रहरी र शसस्त्रको टोलीलाई स्थानीयले समेत साथ दिएका छन् ।खोज्न गएका स्थानीयले तल्लोबाटो आउन अनुरोध गरेको र सोही मार्ग हुदै फर्किन लागेको बताइएको छ ।

शुक्रबार दिनभरी तीनवटा टोली बनाएर खोजीकार्य गरिएको थियो ।खोजीकार्यका लागि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, शसस्त्रका डिएसपी प्रकाश माझी सहितको टोली छन् । खोजीकार्यमा रहेको टोलीसँगै अलपत्र आसपासका क्षेत्रबाट प्रजिअ ढकाल सहितको टोली नियमित सम्पर्कमा रहेको भएपनि साँझ ७ बजेदेखी सम्पर्क हुन नसकेको बताइएको छ ।

अन्नपूर्ण गापा–५, पाउद्धारको खोप्राबाट नारच्याङको लेकगाउँ हुदै बेसीँतर्फ आउने क्रममा बाटो पहिचानमा समस्या भएको अलपत्र परेकाले बताएलगत्तै खोजीकार्य तिब्र पारिएको थियो । अलपत्र पर्नेहरुमा पोखरा र काठमाण्डौबाट आएको बताइएको छ । हिउँका कारण पुरानो पदमार्ग पहिचानमा समस्या भएपछि हराएको हुनसक्ने अनुमान गरिएको छ । File photo

Leave a Reply