म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको नयाँ कार्यसमितिको शुक्रबार पदस्थापन गरिएको छ। शाखाको बर्ष २०२० का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिले २१ औ पदस्थापन गरेको हो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सन् २०१९ को कार्यसमितिमा रहेर काम गर्नेलाई पुरस्कार वितरण तथा विभिन्न कोषबाट सम्मान गरिएको थियो । पदस्थापनाको अवसरमा बोल्न बक्ताले म्याग्दी जिल्लाभित्रका यूवाहरुको पहुँचमा पुग्ने गरी जेसिजका अभियानलाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

युवाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने जेसीजको अभियान सकरात्मक भएकाले ग्रामिण क्षेत्रका यूवाहरुलाई समेत जोड्नुपर्ने बताएका थिए । पदस्थापनाको अवसरमा २१ औ शाखा अधिबेशनबाट निर्वाचित भएकासँगै मनोनितलाई सपथ ग्रहण गराइएको थियो ।

म्याग्दी जेसीजको कार्यकारिणी उपाध्यक्षमा सन्दिप खत्री, हरी भण्डारी, महासचिव सुमन बानियाँ ,उपाध्यक्षहरुमा सुनिता श्रेष्ठ, इन्द्रबहादुर विश्वकर्मा, कुमार बानियाँ, र दिनेश विश्वकर्मा, शाखा सम्पादक बिष्मा श्रेष्ठ, सहसचिव नेत्रराज सुबेदी, सह कोषाध्यक्ष कृष्ण विश्वकर्मा, तालिम संयोजक सुमन श्रेष्ठ, श्याम सुन्दर कँडेल रहेका छन् ।

अधिवेशनबाट निर्वतनमान खम थापा मगर, कानुनी सल्लाहकार विरेन्द्र श्रेष्ठलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष बरुवालले थप केही पदहरु मनोनित गर्न सकिने प्रावधान भएकाले आवश्यक सल्लाह अनुसार मनोनित गर्ने प्रतिबद्धता जनाए ।

साधारण सभाको अवसरमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनय श्रेष्ठ,नवराज पौडेल, भिमसेन बराईली, बागलुङ शाखा अध्यक्ष सुरेन्द्र शाक्य, पर्वत शाखा अध्यक्ष रामु सापकोटा, पोखरा लेडीकी अध्यक्ष सोभा भुजेल लगायतको उपस्थिीति रहेको थियो।

सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । कार्यक्रमको अध्यक्ष सिन् २०१९ का शाखा अध्यक्ष थापा मगर र २०२० का बरुवालले गरेका थिए भने सञ्चालन महासचिव सन्दिप खत्री र सुमन बानियाँले सञ्चालन गरेका थिए । तस्वीर सौजन्य किरण कार्की

Leave a Reply