Picture Credit: Nepal Trek Hub

पदयात्राको क्रममा बाटो बिराएर तीनदिनदेखि अलपत्र परेका पर्यटकको शनिबार विहानैदेखि खोजीकार्य सुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ र वडा नं ५ शिखको खोप्रा आसपास रेले खर्कबाट हराएका पर्यटकको खोजीकार्य सुरु भएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताए ।

Picture Credit: BasecampHike.com

‘गोठालासँगै खोजीकार्यमा जुटेका छौ,‘खोज्न गएका दुईजना स्थानीय सुरक्षित छन्’ प्रनाउ कुँवरले भने ।शुक्रबार साँझ यूवाहरुको आवाज आउने ठाउँ आसपासमा पुगेको अनुमान गरिएको थियो ।अलपत्र यूवाको खोजीमा गण्डकी प्रदेश सरकारले समेत चासो देखाएकाले लोकेशन पहिचान भएलगत्तै हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ ।

नारच्याङ, पाउद्धारका स्थानीयको सहयोगमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, शसस्त्रका डिएसपी प्रकाश माँझी सहितको टोली खोजीकार्यमा जुटेका छन्। पोखराका अंकित शाह सहित चारजना नेपाली पर्यटक बिहिबार साँझदेखि अलपत्र परेका छन् ।

Picture Credit: Basecamp Hike

उनीहरुलाई अलपत्र परेको स्थानका बारेमा जानकारी नभएकाले समेत समस्या भइरहेको छ। जंगलभित्र भारी हिउँ भएकाले समेत आसपासका बस्तीहरु समेत नदेखिने तथा पैदल हिड्न समेत समस्या भएको फोनमार्फत जानकारी गराएपछि शुक्रबार विहानैदेखि खोजीकार्य सुरु भएको थियाो । उद्धारमा खटिएको टोलीले शनिबार बेलुकीसम्म अवस्थाको पहिचान गर्ने अनुमान गरिएको छ ।

उक्त स्थानमा पशुचौपायाको चरन तथा घाँसदाउरा गर्न जाने स्थानीयहरुको सहयोगमा विहानैदेखि खोजीमा जुटेकाले उद्धारमा सहज हुने प्रजिअ ढकालको भनाई छ । हिमपातका कारण जिल्लाका पर्यटकीयस्थल आसपासका क्षेत्रमा निर्मित पदमार्ग पुरिएकाले बाटो बिराएर जंगलतर्फ लागेका यूवाहरुको नाम सहितको विवरण सार्वजनिक नभएपनि टोलीमा पोखरा र काठमाण्डौका चारजना यूवाहरु रहेको बताइएको छ ।

Leave a Reply