म्याग्दीको पर्यटकीयस्थल खोप्राबाट  फर्किने क्रममा अलपत्र परेका चार नेपालीलाई स्थानीयले फेला पारेका छन्। बाटो बिराएर ¥यालेखर्क आसपासको क्षेत्रमा अलपत्र परेका चारजनालाई स्थानीयले फेला पारेर हेलिकप्टर भएको क्षेत्रतर्फ ल्याउँदै गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताए ।

‘स्थानीयले खोचबाट निकालिसक्नुभएको छ,‘अव स्वास्थ्य परिक्षण गरेपछि पठाउँछौ’ प्रजिअ ढकालले भने । उनका अनुसार सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरिएको क्षेत्रतर्फ जाने तयारी भइरहेको बताए । चारजनामध्ये एकजना बिरामी भएको बताइएको छ । स्रिमिक एयरमा प्रजिअ सहितको टोली उक्त क्षेत्रमा पुग्ने तयारी भइरहेको छ ।

खोप्राबाट बिहिरबार नारच्याङ हुदै फर्किने क्रममा बाटो बिराएपछि अलपत्र परेका पोखराका अंकित शाह सहित चारजनाको खोजीमा रहेका लेकगाउँका दुई स्थानीयले खोचबाट आवाज सुनेपछि बिहिबार गएको दुईजनाको स्थानीयले समेत रातभरी गोठमा बसेर विहानै उद्धारमा जुटेका थिए ।

खोजीकार्यमा प्रहरी र शसस्त्रको टोलीलाई स्थानीयले समेत साथ दिएका थिए । खोजीकार्यका लागि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, शसस्त्रका डिएसपी प्रकाश माझी सहितको टोली छन् अन्नपूर्ण गापा–५, पाउद्धारको खोप्राबाट नारच्याङको लेकगाउँ हुदै बेसीँतर्फ आउने क्रममा बाटो पहिचानमा समस्या भएको अलपत्र परेकाले बताएलगत्तै खोजीकार्य तिब्र पारिएको थियो ।

Leave a Reply