म्याग्दीको पर्यटकीयस्थल खोप्राबाट फर्किने बेलामा बाटो बिराएर अलपत्र परेका चारजना मध्ये दुईजना हेलिकप्टरबाट पोखरा फर्किएका छन् । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ र वडा नं ५ शिखको खोप्रा आसपासका क्षेत्रबाट हराएका सर्लाही जिल्लाका २४ बर्षिय ईन्जिनियर अंकिश शाह, ई. अभिषेक शाह, दोलखा जिल्लाका सञ्जित शाह र कैलालीका सुमन भट्टलाई स्थानीयले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

‘दुईजनालाई हेलिकप्टरमार्फत पठाइयो,‘दुईजना सडकमार्ग हुदै पठाउने तयारीमा छौ’ प्रजिअ ढकालले भने । सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरिएको हो । उद्धारमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले हेलिकप्टर सहित आवश्यक सहयोग गरेका थिए ।

खोप्राबाट बिहिरबार नारच्याङ हुदै फर्किने क्रममा बाटो बिराएपछि शुक्रबार विहानदेखि खोजीकार्य सुरु भएको थियो । खोजीकार्यका लागि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, शसस्त्रका डिएसपी प्रकाश माझी सहितको टोली समेत फर्किने तयारीमा छ ।

Leave a Reply