पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिलमा म्याग्दी जेसीजले शनिबार झन्डा अनावरण सहित विविध कार्यक्रम गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बेनीदेखि नजिकै बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा रहेको पर्यटकीयस्थल लभ्लीहिलको भ्रमणमा आर्कषित गर्न सन् २०२० को पदस्थापना भएको भोलीपल्टै नेपालको राष्ट्रिय झन्डा, भ्रमण बर्षलाई लक्षित गरी डस्विन र सरसफाई गरिएको म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवालले बताए ।

लभ्लीहिलमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ, म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठ, नारायण बराईली, निर्वतमान अध्यक्ष खम थापा मगर लगायतको उपस्थिती रहेको थियो ।

घुम्न जानेले जथाभावी फोहोर फाल्न थालेपछि कुरुप बन्दै गरेको अवस्थामा आवश्यक डस्विन सहित नेपालको झन्डा लगायतका पूर्वाधार निर्माणमा समेत विभिन्न संघसंस्थामा पहल गर्ने अध्यक्ष बरुवालले बताए । ‘हामीले लभ्लीहिलबाट अभियानको सुरुवात गरेका छौ,‘सानो भएपनि सन्देश दिने कामहरुलाई पनि प्राथमिकता दिन्छौ’ बरुवालले भने । उनका अनुसार स्न २०२० को टोलीले भ्रमण बर्षलाई समेत सफल बनाउने गरी काम गर्ने बताए ।

बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा निर्मित पदमार्ग तथा सडक सञ्जालबाट समेत सजिलै पुग्न सकिने लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । कार्यक्रमको संयोजन उपाध्यक्ष सुनिता श्रेष्ठ, आस्था पाठ डेकमायाँ केसी र मन्तब्य संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले ब्यक्त गरेका थिए ।

Leave a Reply