नेपाल राष्ट्रिय मगर संघ बेनी नगरपालिकाको प्रथम अधिवेशनबाट दिवाकर बुढाथोकीको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा रेणु घर्ती मगर,सचिव बुद्धी शेरपुन्जा,सहसचिव यमुना पाइजा,कोषध्यक्ष सिता पुर्जा तथा सदस्यहरुमा माया तिलिजा,ध्रुब रोका,रत्नकली घर्ती मग,अन्जली बुढाथोकी लोकमाया थजाली,डमबहादुर पुर्जा ,दमति तिलिजा,छमाया पुन,यमुना थापा,थमाया पुन ,टिकाकुमारी तिलिजा, भद्रकुमारी पुर्जा,लालकुमारी पुन, प्रिया पुर्जा ,कबिता पुर्जा ,सबिना पाईजा र सबिना पुर्जा रहेका छन् ।

अधिवेशनको नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गदैं संस्थागत गतिविधिलाई प्राथमिकता दिन अनुरोध गरेका थिए । मगर समुदाय संगै राज्यबाट पछाडी पारिएका जनजातीको हकअधिकार प्राप्तिका लागि राजनितिक र प्रशासनिक क्षेत्रको चतनाको जानकारी हुन आवश्यक रहेको गर्बुजाको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति एव् संविधान सभा सदस्य रेशम बहादुर बानियाँ,पुर्व सभापति डाक्टर भुपेन्द्र बहादुर खड्काले मन्तब्य राखेका थिए । पुर्व सहसभापति नेत्रबहादुर महत ,सचिव मिनबहादुर कार्की,नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं ख का सभापति कमल छन्त्याल लगायतले बोलेका थिए ।

यसैगरी नेपाल राष्ट्रिय मगर संघ,म्याग्दीका अध्यक्ष हिराबहादुर पुन मगरले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना गरे । राष्ट्रिय मगर संघ ,जिल्ला कार्यसमिति सदस्य देव राना मगरको संचालन तथा कोषध्यक्ष ललिता पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल राष्ट्रिय मगर संघले जिल्लाका ६ वटै स्थानीय तहमा कार्यसमिति चयन गरेको छ ।

Leave a Reply