सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडमीमा कक्षा ८ मा अध्ययनरत उत्सव सापकोटाले म्याजिक ट्याप (जादुई धारा) बनाएका छन् । विद्यालयमा आयोजित प्रर्दशनीमा सापकोटाले आफ्नो प्रयासमा बनाएको धाराका बारेमा अभिभावक तथा विद्यार्थीलाई जानकारी गराउँदै थिए । नयाँ आविष्कारमा रुची रहेको सापकोटाले पाईपको सहायता विना पानी झरिरहेको अवस्थाका बारेमा धेरैको जिज्ञासा पुरा गदैं थिए ।

सापकोटा जस्तै कक्षा ५ मा अध्ययनरत सहमद खानले कृत्रिम ज्वालामूखी बनाएर देखाउँदै थिए । विद्यालयले विद्यार्थीको कलात्मक प्रर्दशनीलाई लक्षित गरी आयोजित कार्यक्रममा चित्रकला, विज्ञान तथा शैक्षिक सामाग्री प्रर्दशनका साथै विभिन्न जातजातिको कलासस्कृति झल्कने सामाग्री अभिभावक तथा विद्यार्थीका लागि प्रर्दशन गरेका थिए ।

कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीले प्रर्दशन गरेको विद्यालयका प्रधानाध्यापक दिपक सुबेदीले बताए । विद्यार्थीले दैनिक जीवनका प्रयोग हुने तथा कलासंस्कृति झल्किने साम्रागीको प्रर्दशन तथा निर्माणमा विद्यालयले सहयोग गरेको संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताए । उनले अतिरिक्त क्रियाकलापलाई समेत विद्यालयले प्राथमिकता दिएको बताए ।

Leave a Reply