स्वर्गीय आदित्य पन्तको स्मृतिमा परिवारले स्थापना गरेको आदित्य प्रतिभा स्मृति प्रतिष्ठानले म्याग्दीका शिक्षा प्रेमी तथा लेखक रामप्रसाद सुवेदीलाई सम्मान गरेको छ । बागलुङमा आयोजित कार्यक्रममा शिक्षा, कला र साहित्य क्षेत्रमा योगदान पु¥याएको कदर गर्दै सम्मान गरिएको हो ।

कोषको ११औँ स्मृतिमा आयोजित कार्यक्रममा म्याग्दी जिल्लामा नेपाली भाषा तथा साहित्यको क्षेत्रमा सुबेदीको योगदानको समेत चर्चा गरिएको थियो । कोषले हालसम्म ५४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

वि.स २०६५ सालमा स्थापित संस्थाले जेहेन्दार, विपन्न तथा दलित विद्यार्थीलाई वार्षिक रुपमा छात्रावृत्ति प्रदान गदै आएको छ ।कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने २८ जना, चार जनाद्धारा स्नातक पुरा, कक्षा १०–१२ मा अध्ययन गर्ने १६ जनाले छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन भने पाँच जनाले बीचमै पठाई छोडेको संस्थाका सहसचिव अर्जुन घिमिरले जानकारी दिए ।

प्रष्ठिानले बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौसँग सहकार्य गरी विपन्न, अनाथ, गरिव र जेहेन्दार बालबालिकालाई अध्ययनमा थप हौसला प्रदान गर्न जिल्लाव्यापी रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको संरक्षक विना कार्कीको भनाई छ । प्रतिष्ठानको सहयोगमा अध्ययन गरेका बालिबालिकालाई कक्षा ११ देखि स्नातकसम्म वार्षिक १२ हजार र समाज कल्याण केन्द्र काठमाण्डौको सहकार्य अन्तर्गतको छात्रवृत्ति पाउने कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले वार्षिक ६ हजार रुपैयाँको दरले छात्रावृत्ति प्राप्त गर्दै आएका छन् ।स्मृति कोष ४ लाख रुपैयाँको रहेको छ ।

प्रतिष्ठानले यस वर्ष जैमिनी नगरपालिका–५ जैदी निवासी कृष्णगण्डकी क्याम्पस बागलुङ विविएस प्रथम वर्षमा अध्ययरत छात्रा सृजना विकलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको अध्यक्ष विजयराज पन्तले जानकारी दिनुभयो ।शनिबार बागलुङमा आयोजित छात्रवृत्ति वितवरण तथा सम्मान समारोहमा विकलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको घोषण गरिएको थियो । कार्यक्रममा १८ जना विद्यार्थीलाई ६ महिनाको एकमुष्ट छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले शिक्षा, साहित्य र समाजसेवामा प्रतिष्ठानले गरेको काम प्रसंसायोग्य रहेको बताए ।‘हाम्रो सानो सहयोगले विपन्न परिवारमा ठूलो सहयोग पुग्न सक्छ’ उहाँले भन्नुभयो–‘जीवनमा बाँचि रहने कृति कर्म हो, असल कर्मबाट मात्रा मृत्यु पश्चात जीवन पाउन सक्छि ।’

कार्यक्रममा सम्मानीत व्यक्ति रामप्रसाद सुवेदी, छात्रवृत्ति छनौट समितिका संयोजक टिकाराम सापकोटा, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, प्रतिष्ठानका सदस्य विश्वनाथ रेग्मी, सम्मानीत छात्रा कमला विक, र छात्रवृत्ति प्राप्त विद्यार्थी मन्जु अधिकारीले बोलेका थिए । सम्मानीत व्यक्तिको जीवनीबारे प्राज्ञ प्रेम छोटाले जानकारी दिएका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विजयराज पन्तको अध्यक्षता, उपाध्यक्ष महेशचन्द्र प्रधानको स्वागत र पत्रकार नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो।

Leave a Reply