अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गोठमा बसेकी पुतलीलाई सहयोगको ओइरो

On: February 2, 2020 10:01 PM
Follow Us:

बेनी नगरपालिका–२ फापरखेतमा प्यारालाइसिसले थलिएकी ६० बर्षिया पुतली सार्कीलाई यूवा सञ्जाल पोखरा सार्की गुप्रको पहलमा संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

जटिल रोगले थलिएकी सार्कीलाई सहयोग गर्न पुगेका सञ्जालका अध्यक्ष दिपेश नेपाली, संयोजक एवम् सचिव प्रतिक बस्याल, गोखरा संयोजक बिशाल बयलकोटी लगायत सञ्जालको टोलीले वडा अध्यक्ष हिरा बहादुर थाप, पुतली सहयोग अभियानमा संयोजक भिमप्रसाद पौडेल लगायतको उपस्थितीमा १४ हजार ३०६ रुपैयाँ नगद र ४५ सय बराबरको लत्ताकपडा सहयोग गरिएको सञ्जालका संयोजक बस्यालले बताए ।

उनले पीडितको समाचार बेनीअनलाइनमा पढेपछि सहयोग अभियान सञ्चालन गरिएको बताए । सोही अवसरमा बा न पा २ की सकुन्तला थापा मिजार मार्फत ओमेन म्यारिज गुप्र धौलागिरी बागलुङ १० हजार र ४ हजार बराबरको खाद्यान्न साम्रागी लगायत विभिन्न स्थानबाट गरी ३३ हजार संकलन गरिएको छ। त्यस्तै पुतलीको उपचार तथा घर निर्माणमा मलेसियामा रहेका बेनी नगरपालिका वडा नं १ अर्जमका आशिष परियारले बेनीबजार तथा विभिन्न स्थानबाट ४२ हजार ६ सय ७५ रुपैयाँ आर्थिक संकलन गरेका छन् ।

उक्त प्रतिबद्धता सहयोग रकम संकलन गरी हस्तान्तरण गरिने अभियान्ता परियारले बताए । दम, प्रेसर, सुगरसँगै प्यारालाइसिसले थलिएकी पुतली र उनका श्रीमान एक ब्यक्तिको गोठमा बसेका छन् । उक्त अभियानमार्फत आर्थिक सहयोग तथा विभिन्न संघसंस्थामार्फत सहयोग जुटाएर एक कोठे घर समेत निर्माण गर्ने योजना रहेको छ । पोखराको मणिपाल अस्पतालमा करिब ४५ हजार खर्च गरी फर्किएको पुतलीका श्रीमान पतिरामले बताए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।