म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं २ जलजला क्षेत्रमा सेताम्मे हिउँ । समुन्द्री सतह देखि करिव ३८ सय मिटर उचाईमा अवस्थित जलजला आसपासका क्षेत्रमा बाख्लो हिउँ जमेको छ । गुरिल्ला पदमागएको मुख्य प्रवेशद्धार मानिने उक्त क्षेत्रमा बाख्लो हिउँमा खेल्न जाने गरेका छन् । यो ठाउँमा पुग्न मुना, लुलाङका विभिन्न स्थानबाट तीनचार घण्टा हिँड्नुपर्छ।

यहाँ फागुन महिनाको अन्तिम सातासम्मै हिउँ रहने र त्यतिबेला रंगीचंगी लालिगुराँस समेत फुल्ने भएकाले थप आर्कषित देखिन्छ । म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीहरुलाई लक्षित गरी विस्तार गरिएको गुरिल्ला पदमार्गको प्रचारप्रसार र पूर्वाधारको अभावका कारण यस क्षेत्रमा अपेक्षा गरे अनुसार पर्यटक भित्राउन सकिएको छैन् । तस्विर सौजन्य नन्दु पुन

Leave a Reply