पश्चिम म्याग्दीका दुईवटा गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको गाउँपालिकास्तरीय कार्यसमिति गठन भएको छ । मंगला गाउँपालिकामा शुक्रबार सम्पन्न उद्योगीहरुको भेलाबाट रेशम बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नेपाल घरेलु तथा साना उद्योग महासंघको गाउँपालिका कार्यसमिति गठन गरिएको हो ।

महासंघको उपाध्यक्षमा हिरा शेरपुन्जा, महासचिवमा भीमबहादुर रोका र कोषाध्यक्षमा खगेन्द्र फगामी रहेका छन् । यसैगरी सदस्यहरुमा गोविन्द खत्री, थमप्रसाद पौडेल, मिनाकुमारी भट्टचन, मनमाया श्रीष, गंगा भण्डारी, नगेन्द्र सापकोटा र खमिसरा श्रीष सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलाको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उद्यमबिना केही पनि गर्न नसकिने हुँदा उद्यमशील बनेर आयआर्जन गर्नुपर्ने बताए । उनले मङ्गला गाउँपालिका कृषि उत्पादनका हिसाबले अब्बल रहेकाले उत्पादनमा जोड दिनुपर्ने बताउँदै उद्यमीलाई प्रोत्साहनसहित विभिन्न कार्यक्रमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शहर, बजारबाट गाउँ भित्रिने सवारीसाधनहरु भरिएर आउने र गाउँबाट रित्तै फर्किने अवस्थालाई तोड्न आवश्यक रहेको भन्दै अध्यक्ष रोकाले कृषि उत्पादन गर्नुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका गण्डकी प्रदेश अध्यक्ष हरिहर थापाले स्थानीय चाहना र आवश्यकता अनुसार उद्योगले सामान उत्पादन गर्नुपर्ने बताए । महासंघ म्याग्दीका अध्यक्ष लिलाराम गौतमले गाउँपालिकाबाट सहयोग लिएर उद्योग सञ्चालन गर्न सुझाव दिएका छन् । कार्यक्रममा मंगला गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्य, म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाई अध्यक्ष होमनाथ पाण्डे र पत्रकार प्रताप बानियाँले मन्तव्य राखेका थिए ।

यसैबीच शनिबार मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न उद्योगी व्यवसायीहरुको भेलाले मोतिराज उपाध्यायको अध्यक्षतामा नेपाल घरेलु तथा साना उद्योग महासंघको मालिका गाउँपालिका कार्यसमिति गठन भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा विरेन्द्र पुन, महासचिवमा यामबहादुर नेपाली, कोषाध्यक्षमा गंगा बुढा, सदस्यहरुमा अमृत सापकोटा, सबहादुर परियार, बुद्धिविनोद शर्मा, गौमती विश्वकर्मा र गुना जुग्जाली सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलालाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले उद्योगी तथा उद्यमीहरुको साथमा स्थानीय सरकार रहेको बताइन् । उनले उद्यमको स्थापना, प्रवद्र्धन र संरक्षणका लागि आवश्यक कार्यक्रमहरु गरिएको बताउँदै उपाध्यक्षसँग उद्यमसिलता, युवा स्वरोजगार जस्ता कार्यक्रमहरुलाई जोड दिएको बताएकी छिन् । महासंघ प्रदेशका अध्यक्ष हरिहर थापाले उद्यमीहरुले गुणस्तरीय वस्तु उत्पादन गर्नुपर्ने भन्दै स्थानीय उद्यमीले उत्पादन गरेका सामानहरुको बजारीकरण गर्न महासंघले सहयोग गर्ने बताए ।

मालिका–६, दरबाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीले वडा तथा पालिकामार्फत काम गर्नका लागि अझै पनि स्पष्ट नीति नहुँदा समस्या भएको बताउँदै उद्योगलाई प्रोत्साहन गर्न स्थानीय सरकार लागिपरेको बताएका छन् । महासंघका जिल्ला अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, महासचिव अमर बानियाँको सञ्चालन र सदस्य डम्बरबहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा दरबाङका अगुवा मोतिराज उपाध्यायले स्वागत र पत्रकार प्रताप बानियाँले मन्तव्य राखेका थिए ।

Leave a Reply