शिब बोहोरा बागलुङ, २० माघ –बागलुङमा घरको छत बाट खसेर बागलुङ नगरपालिका-१ रामरेखामा एक वालिकाको मृत्यु भएको छ। जिल्लाको काठेखोला गाउँपालिका-८ लेखानी घर भई रामरेखा आफन्त सिता बिकको घरमा आएकी बिमला बिकको १५ महिनाकी छोरी दिपसिना बिकको आइतबार दिउँसो एक तला घरको छतमाथि खेलिरहेको बेला सोही छतबाट भुईमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । तिन दिन देखी हराएका दुर्गा बहादुर राना जैमिनिम मृतक फेला परेका छन ।

पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका-८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गा बहादुर राना आइतबार मृत अवस्थामा फेला फेला परेका छन । उनी बागलुङ जिल्लाको जैमिनी नगरपालिका-८ भडकुवामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । शिक्षण पेशकाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरबाट अध्यापनका लागि जैमिनी आएपछि सम्पर्कविहिन भएका थिए ।

प्रहरीका अनुसार उनको शव सडक देखि केही तल बारीको कुनामा फेला परेको हो । शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। धौलागिरी अञ्चल अस्पताल बागलुङमा शवको पोष्टमार्टम गरेपछि पछी आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

Leave a Reply