विश्वकै सातौं अग्लो धौलागिरि हिमाल नजिक देखिने म्याग्दीस्थित बेनी नगरपालिका–१ रत्नेचौरको खेतबारीमा ढकमक्क तोरी फुलेको छ । हिउँदे खेती गहुँ लगायतका अन्य अन्नबालीभन्दा कृषकले तोरी खेतीलाई रोज्ने गरेकाले पनि करिव ५ सय घरधुरी रहेको रत्नेचौरमा अधिकांशले खेतबारीमा तोरी लगाएपछि बस्ती नै पहेंलपुर भएको छ ।

रत्नेचौर, उपल्लाचौर लगायत आसपाकास क्षेत्रमा करिव दुईसय सय रोपनीमा तोरीखेती गरिएको छ । घरायसी प्रयोजनका लागि तोरीखेती गरेको बताउँदै नगरपालिका लगायत सरकारी कार्यालयबाट खेती विस्तार, प्राविधिक सहयोग तथा अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा गहुँ खेतीलाई समेत छोडेर स्थानीयले तोरीखेतीमा ध्यान केन्द्रित गर्न सक्ने भानु माविका प्रधानध्यापक भरत खत्री बताउँछन् ।

घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत विक्री गर्न नसकिएको कृषकको भनाई छ । करिव ५ सय रोपनी जमिनमा फैलिएको रत्नेचौर जिल्लामै अन्नबालीको भण्डारको रुपमा समेत चिनिन्छ । नेपालमा पाईने दुई रंगको तोरीमध्ये म्याग्दीका पहेंलो तोरी खेती हुन्छ ।

पहेंलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ । बेनी नगरपालिकाले एक वडा एक उत्पादन अन्तरगत रत्नेचौरलाई तरकारी खेती परेको छ । तोरीसहित रत्नेचौरमा हुने तरकारी खेतीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनिकरण गर्न वडाले आगामी बर्ष अनुदानका लागि प्रस्ताव समेत गरिएको छ । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ ।तोरीखेतीमा म्याग्दी, बागलुङ लगायत आसपासका क्षेत्रबाट समेत घुम्न जाने गरेका छन् । आन्तरिक पर्यटकले तोरीबारीसंंगै धौलागिरी हिमालको दृष्य लिन दैनिक पुग्ने गरेका छन् ।

Leave a Reply