नेपाल छन्त्याल संघ र सर्वमान्य फाउण्डेशनका संस्थापक अध्यक्ष तथा सर्वमान्य दिलबहादुर छन्त्यालको छैठौा स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि छन्त्याल जातिको उत्थान र पहिचानका अभियन्ता नेपाल छन्त्याल संघका संस्थापक अध्यक्ष धरब्जाको स्मृति मनाएको हो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य र संघिय सांसद ज्ञानकुमारी छन्त्यालको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगत बरामले जनजाती महासंघको आन्दोलन र अभियानलाई साथ दिने जातिय संघहरुको नेतृत्वदायी भूमिका निर्वाह गरेका घरब्जाको योगदानको बारेमा चर्चा गरेका थिए ।

अल्पसंख्यक जातिका नेताको उपमा दिदै उहाँको सक्रियता र लगनशिलताले छन्त्याल संघलाई उर्जा प्राप्त भएको कारण छन्त्याल संघको विकास र प्रगति आज देखिने गतिमा पुगेको बताएका थिए । उनले दिलबहादुरले लेखेका कृतिहरुलाई संग्रह गरी प्रकाशन गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाकी सदस्य ज्ञानकुमारी छन्त्यालले स्वर्गिय घरब्जाले पु¥याउनु भएको योगदानको स्मरण गरेकी थिईन् ।

सोही अवसरमा संघका पूर्व अध्यक्ष इन्द्रजीत छन्त्यालले छन्त्याल जातिको एकता र सहकार्यका लागि दिलबहादुको योगदान अतुलनीय रहेको बताए । कार्यक्रम फाउण्डेनका अध्यक्ष शिवप्रसाद छन्त्यालले फाउण्डेशनमा हालसम्म ६६ लाख मुद्धती बचतमा रहेकोमा ७ लाख बराबर व्याज नगद मौज्दात रहेको जानकारी गराउँदै सर्वमान्यको स्मरण चिरकालसम्म रहोस भन्ने उद्देश्यले छन्त्यालहरुको महान पर्व माघे सक्रान्ति (छार म्हेङ्ग) मा सर्वमान्य स्मृति प्रवेशद्धार निर्माण गरि माननीय मन्त्री पार्वत गुरुङ्गबाट उदघाटन गरिएको जानकारी दिए ।

फाउण्डेशनलाई बागलुङ नरर्जाखानीका समाजसेवी क प्रसाद छन्त्यालले २० लाख नगद सहयोग गरेका थिए । बेलायत छन्त्याल संघका पुर्व कोषाध्यक्ष हाल बेलायतमै बसोबास रहेका छन्त्यालको ब्यक्तिगत तथा बेलायत छन्त्याल संघको पहलमा स्थापित संस्थाले रचनात्मक कार्य गदैं आइरहेको बताए । कुल ९ लाख लागतमा उक्त प्रवेशद्धार निर्माण गरिएको थियो ।

फाण्डेशनद्धारा निर्मित उक्त द्धारलाई नेपाल छन्त्याल संघलाई हस्तान्तरण गरिएको सचिव. दिपबहादुर छन्त्यालले बताए । कार्यक्रममा पारिवारिक प्रतिनिधिकोरुपमा स्व. दिलबहादुर घरब्जाका जेठी छोरीका ज्वाई जगेन्द्र छन्त्यालले स्व. घरब्जाको स्मरण गर्दै विभिन्न कार्यहरु गरेकोमा नेपाल छन्त्याल संघ र फाउण्डेशनलाई धन्यवाद दिए । कार्यक्रममा नेपाल छन्त्याल संघ, छन्त्याल सर्वमान्य फाउण्डेशन लगायत भातृ संस्थाका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply