करिव एक हप्तादेखि बागलुङकी एक बालिका बेपत्ता रहेकी छन् । काठेखोला गाउँपालिका–७ रेसकी १३ वर्षीया सन्ध्या बस्याल सम्पर्कविहिन भएको परिवारले जनाएका छन् । । नविन बस्याल र ममिकला चर्मकारी छोरी सन्ध्या गत माघ १७ गतेदेखि बेपत्ता भएको प्रतिक बस्यालले बेनीअनलाइनलाई बताए । करिव एकसाता अगाडी बेपत्ता भएकी सन्ध्या नुन्नथला माविका अध्ययरत छिन् ।

घरपरिवारले खोज तलास गरिदिनका लागि गाउँपालिका, वडा कार्यालय तथा प्रहरीमा हुलियासहित निवेदन समेत दिइएको छ । गहुँगोरो अनुहार भएकी, कालो कपाल,अन्दाजी चार फिट उचाइ भएकी हालसम्म सम्पर्कमा नआएकी सन्ध्याकी आमा ममिकलाले बताईन् ।

आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि सम्पर्कमा आएकी छ्रन् उनले भने, छोरी खोजी गरिदिन उनले बताईन् । यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्यमा लागको जनाएको छ। सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि सामाजिक सञ्जालमार्फत समेत विभिन्न स्थानमा रहेका आफन्तलाई खोजीकार्यको अनुरोध गरिएको छ ।

Leave a Reply