म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा सञ्चालन भईरहेको म्याग्दी क्याम्पसको क्याम्पस प्रमुखमा गोरख जिसीलाई बुधबार पदभार ग्रहण गरीएको छ । क्याम्पस सञ्चालक समितीले २०७६ माघ १० गते गरेको निर्यण अनुसार बुधबार क्याम्पसमा जिसीलाई एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गराईको क्याम्पस सञ्चालक समितीका अध्यक्ष बालकृष्ण सुबेदीे बताउनु भयो ।

जिसीलाई नयाँ पदभार ग्रहणको नियूक्ति पत्र हस्तान्त्रण गर्दै सुबेदीले क्याम्पस प्रमुख पदमा धेरै जिम्मेवारी रहेको बताउँदै सफता पुर्वक पुर्ण गर्नका लागि अनुरोध गर्नु भयो । निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटाको ४ बर्षे कार्यकाल सकिए पछि सञ्चालक समितीले क्यू.ए.ए फोकल पर्सनमा रहेर काम गरीरहेका जिसीलाई प्रध्यापक र सञ्चालक समितीको माघ १० गतेको बैठकमा सहमतीमा माघ २२ गते देखि लागु हुने गरि क्याम्पस प्रमुख पदमा चयन गरेको थियो । पदभार कार्यक्रममा बोल्दै निर्वातमान क्याम्पस प्रमुख सापकोटाले आफ्नो कार्यकाल सफल बनाउनका लागि सहयोग गर्ने सबै धन्यवादको पात्र भएको बताउँदै २०७२ साल मंसिर २ गते आफु क्याम्पस प्रमुख भए देखि आज सम्म ४ बर्षको कार्यकालको कामको अनुभव ब्यक्त गर्नु भएको थियो ।

उहाँले २०७२ सालमा क्याम्पसको रजत जयन्ती मनाउने, २०७३ सालमा महायज्ञ तथा शैक्षिक धार्मिक महोत्वस सम्पन्न गरि करीब पौने ३ करोड रुपैयाँ संकलन गर्ने, स्वतन्त्र विद्यार्थि युनियनको चुनाव सम्पन्न गर्ने, २०७४ सालमा स्नाकोक्तरतहको सम्बन्धन प्राप्त गरि सञ्चालनमा ल्याउने र २०७५ साल चैत्र ६ गते देखि यू.ए.ए. को यात्रामा गति लिनुका २०७६ पुस २८ क्यू.ए.ए प्राप्ती गर्ने र क्यू.ए.ए. उत्सव मनाउने जस्ता कठीन खालका उपलब्धीहरुको सफलता पाप्ती भएको बताउनु भयो।

उहाँले आफु क्याम्पस प्रमुख नए पनि वर्तमान क्याम्पस प्रमुखले अगाडि सारेको मानित विश्व विद्यालय बनाउने लक्ष्यमा सक्दो सहयोग गर्ने बताउनु भयो ।

पदभार ग्रहण गर्दै क्याम्पस प्रमुख गोरख बहादुर जिसीले आफ्नो कार्यकालमा मानित विश्व विद्यालय बनाउने लक्ष्य रहेको बताउँदै, प्रशासन सुधार महत्वपुर्ण पक्ष रहेकोले प्रशासनमा डिजिटलाईज गरि पेपर लेस क्याम्पस बनाउने बताउनु भयो । उहाँले क्यू.ए.ए. प्राप्ती गर्नु भन्दापनि त्यसलाई बचाउनु ठुलोकुरा रहेको भन्दै गुणस्तर सुनिश्चितता गर्ने बताउनुभयो । उहाँले आफ्नो जिम्मेवारी गुणस्तर सुनिश्चितता गर्ने र म्याग्दी बासीको गुणस्तर सुनिश्चितता लाई प्रत्ययोन गर्ने जिम्मेवारी रहेको बताउनु भयो । जिसी २०५९ साल मंसिर १ गते देखि क्याम्पसमा निरन्तर अध्यापन गराई रहेका छन् ।

Leave a Reply