अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

१२ दिन देखि तोरिपानीका एक यूवा बेपत्ता

On: May 31, 2020 8:43 PM
Follow Us:

म्याग्दीका एक यूवा विगत १२ दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको बेनी नगरपालिका वडा नं ९ अल्वाङका ३१ बर्षिय कमल उपाध्याय गत माघ १० गतेदेखि बेपत्ता भएको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमाएका उपाध्याय घरबाटै बेपत्ता भएको उनकी आमा बेदुकला उपाध्यायले बताईन् ।

‘छोराको मानसिक सन्तुलन ठिक छैन्,‘बेपत्ता भएपछि खोजीकार्यमा जुटेको छु’ तस्वीर लिएर बेनीअनलाइनको कार्यालयमा आएकी उपाध्यायले भनिन् ।

उनले खोज तलास गरिदिनका लागि अपिल समेत गरिन् । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि सम्पर्क हुन नसकेकाले बेनीबजार तथा आसपासकै क्षेत्रमा बेवारिसे अवस्थामा हुन सक्ने स्थानीय बिजुन केसीले बताए । उनका अनुसार मानसिक सन्तुलन गुमेकाले बेनी वा झिँ तिर जान सक्ने भएकाले देख्नेलाई सम्पर्क गरिदिन अनुरोध समेत गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।

Comments are closed.