म्याग्दी जेसीजका पूर्व अध्यक्ष कमल विश्वकर्मालाई नेपाल जेसिजले सन् २०२० को जेसीज भिलेज राष्ट्रिय अध्यक्षमा मनोनित गरेको छ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ ।

चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचत भएका राष्ट्रिय अध्यक्षमा अशोक शङ्करले जेसीज बर्ष–२०२० लाई सार्थक तथा सफल बनाउन, जेसीआईको परिवार साथी र भविस्य भन्न नारालाई सफल बनाउन नियुक्त गरेको जनाइएको छ ।

मनोनित पछि विश्वकर्माले यूवाहरुको नेतृत्व, ब्यक्तित्व विकास उद्यमशिलताको विकाससँगै समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्न जिम्मेबारीलाई पुरा गर्ने बताए ।‘यो एउटा महत्वपूर्ण जिम्मेबारी हो,‘मैले आफ्नो कार्यकालमा पर्यटन भ्रमण बर्षलाई पनि सफल बनाउन सघाउने छु’ विश्वकर्माले भने ।

उनले पर्यटकीय जिल्ला म्याग्दी लगायतका विभिन्न जिल्लाहरुमा कार्यक्रम सहितको योजना बनाउने बताए । राष्ट्रिय अध्यक्षको भिजन भएकाले समेत नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखाबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए ।

Leave a Reply