मानवीय सेवामा संलग्न विश्वकै ठुलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीको गलेश्वर माविमा निर्माण गरेको दुई तले पक्की सुबिधा सम्पन्न भवन बिहिबार भब्य समारोहका बीच हस्तान्तरण गरेको छ ।

विद्यालयमा निर्मित आठ कोठे भवनको लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालको डिष्ट्रिक गर्भनर इन्दु लम्सालले उद्घाटन गदैं मानवीय, शिक्षा र स्वास्थ्य सहित आवश्यक क्षेत्रमा लायन्सले निरन्तर सक्रियता देखाउने बताउनुभयो । सोही अवसरमा लायन्स इन्टरनेशनको पुननिर्माण समितिका अध्यक्ष एवम् पूर्व मल्टिपल काउन्सिल चियरपर्सन गिरीधारी शर्माले कन्टिन्जेन्सी सहित २ करोड २५ लाख बजेटमा एक करोड ९३ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको बताउनुभयो ।

म्याग्दीमा भवन ल्याउन डेपुटी चिप एडभाइजर सन्तोष रावल र डिष्ट्रिक को–चिप एडभाइजर चन्दकुमार केसीको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो । भवनसँगै तीन कोठे छात्रछात्रा शौचालय, सम्पूर्ण कक्षाकोठाभित्र फर्निचर समेत लायन्सले उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक गणेश बानियाँले बताउनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा संविधान सभाका सदस्य गोविन्द पौडेल, नवराज शर्मा र रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, बेनी नगरपालिका उपमेयर सञ्जु बरुवाल, लायन्स क्लव लगायत स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

यसैबीच पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा समेत लायन्सको सहयोगमा ८ कोठे भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सन् २००७ देखि लगातार लायन्स क्लवमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा ठूलो सहयोग प्राप्त भएको छ ।

Leave a Reply