म्याग्दीको सदरमुकाम बेनीमा एक बृद्धाले घाम ताप्दै भाङ्ग्रा बनाउँदै । जनजातीले आफ्नो जातीय पोसाकको रुपमा प्रयोग गर्ने भाङ्ग्रामा जातीय संस्कारका पहिचानका रूपमा चिनिन्छ । जनजातिले गर्ने कार्यक्रममा लगाउने गरिएपनि ग्रामिण क्षेत्रमा पिठ्युँमा भाङ्ग्रा बोकेर त्यसभित्र नाम्लो, हँसिया र खाजा बोकेर खुर्पेटो भिरेर जंगल जाने गर्दछन् । पछिल्लो समय जनजातिको बाहुल्यता भएको क्षेत्रमा महिलाहरुलाई तालिम दिएर समेत भाङ्ग्रा बनाउन आर्कषित गर्ने गरिएको छ ।

Leave a Reply