शिब बोहोरा/म्याग्दी
म्याग्दीको जयामरुककोट । प्रशस्तै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । त्यहाँको प्राकृति सुन्दरता,जैविक विविधता , ऐतिहासिक र धार्मिक संरचना पर्यटकको लागि आकर्षक गन्तब्य हुन ।

चाँदी जस्तै टल्क टल्किने सेतामे अग्ला÷होचा हिमाल र डाडा काँडाको बिचमा ज्यामरुकोट गाउँ पारि दक्षिण पटि पन्चकोट उत्तरमा धौलागिरी हिमाल हासी रहेको छ पारी पटि पर्बतको निकै पर्यटकिय स्थान मल्लाजको दरबार । ज्यामरुककोट त्यो क्षेत्र हो जहाँबाट मनखोलेर पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।


वारीपारि अग्ला–होचा डाडा काडा मिलेर बनेको गाउँ लाग्छ कि धौलागिरी हिमालको आगनमा ज्यामरुकोट गाउँ नाचिरहेको छ । बेनि नगरपालिका–२ ज्यामरुकोट म्याग्दी बाइसे चौबीसे राजाले राज्य गरेको ठाउँ ज्यामरुकोट राज्य साबिकको ज्यामरुकोट गाबिस गौशारको शिरदेखी रत्नेचौरको फेदसम्म र मालिकाको धुरीसम्म ज्यामरुकोट राज्य आहा लाग्छ स्वर्गको टुत्रा धर्तीमा भएको आभास हुन्छ ।

ज्यामरुकोटे अन्तिम मल्लराजा भर्तिबम मल्लका दाजु भाइहरुले राज्य गरेका ताकम , ढोलठान र ज्यामरुककोटमा राज्य गरेको इतिहास रहेको छ । पुछारमा म्याग्दी नदि उत्तरमा हिमशृङखला , धौलागिरीको काख बाट बग्दै आएको कालीगण्डकी नदि र ताकमकोट र ढोलठानको एतिहासिक स्थानको भूगोल पनि करिब करिब मिल्दोजुल्दो रहेको छ ।

ज्यामरुककोटमा रहेका मौलो , भाला , खुडा , खुकुरी र तलवार , छेलो , दरबारको भत्किए गाह्रो र घण्टहरुले मल्लकालिन समयलाइ जनाउछ । इतिहास जिउँदो छ । जब १६ औं शताब्दीमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गयो । राज्यमा पानीको अभावले मान्छे प्याक प्याक भएका थिए । राजाले आफ्नो प्रजाको लागी दिन राता गरेर कुवा खोज आफ्नो सैनिकलाइ लगाउनु “ कुवा खोज्दै जाँदा सात्लेपानीमा पानीको मुहान भेटाए पछि “ राज्यका जनताको सुबिधा लागी भर्तिबम मल्ल त्यहा कुँवा खन्न लगाउनु भयो ।

राजाकुवा इतिहासकै गर्भमा लोप
ज्यामरुककोटे राजा भर्तिवम मल्लले पानी खाने राजकुवा संरक्षणको अभावमा अलपत्र परेको छ ।
तत्कालीन राजा भर्तिवमले आफू र आफ्ना राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औं शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहाँसिक सम्पदा भएता पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा अहिले सो सम्पदा अन्य सम्पदा झैं इतिहाँसकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको हो ।

वडा कार्यालयको तल्लोपट्टी बाटोको छेउमा नै रहेको सो कुवाको संरक्षणमा कसैले पनि चासो नदिँदा अहिले पुरिने अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । राजा भर्तिबम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा वनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ ।

यो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भएता पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बुढापाकाहरुको भनाइ छ।

भकुण्डेका ७४ वर्षीय रण बहादुर सार्किका अनुसार अन्यत्र खानेपानीका मुहानहरु नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दाहरु पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे । ‘तामाका गाग्री लिएर टाढाटाढावाट पनि मानिसहरु पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हुँ’ कार्कीले भने, ‘त्यसअघि सोही कुवामा राजा भर्तिबम मल्लले नुहाइ त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ ।’

Leave a Reply