उपन्यासकार मोहनबहादुर मल्लको १०९ औ जन्म जयन्तीको अबसरमा बिहिबार अक्षय कोष ब्यवस्थापन स्मृति समितिको स्थापना गरिएको छ । पर्वतको जलजला गाउँपालिका–४, मोहनचोकस्थित लुङ्दी आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिको अध्यक्षमा दिप मल्ल, सचिव अजयमिनल श्रेष्ठ, सदस्यहरूमा याम बहादुर मल्ल ‘रामकृष्ण’, शेषराज रेग्मी, चन्द्रबहादुर जिसी, भिष्म मल्ल, सुन्दरप्रसाद जोशी, केदारनाथ पौडेल, शान्ति शाह मल्ल रहेका छन् ।

कार्यक्रमको धौलागिरी क्षेत्रका बरिष्ठ साहित्यकार काजी रोशनले उद्घाटन गदैं साहित्यकार मल्ल नेपाली साहित्य जगतका अमर नक्षत्र भएको बताएका थिए । जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा संरक्षक प्रकाश बहादुर मल्लले ३ लाख सार्वजनिक गरेका थिए । जलजला–४ का वडा अध्यक्ष भीष्म मल्लले मोहनबहादुर मल्लको प्रतिमाको लागि ५ लाख विनियोजन भएको बताए ।

कार्यक्रममा डा. भुपेन्द्र बहादुर खड्का, सुन्दर प्रसाद जेसी, डा. जगन्नाथ रेग्मी, विद्यामन्दिर मा वि का पुर्व प्रअ जगन्नाथ आचार्य, मोहन बहादुर मल्ल प्रतिष्ठानका अध्यक्ष रघुनाथ आचार्य, स्रष्टा भक्त बहादुर कार्की, चन्द्रबहादुर लामिछाने, जमुना आचार्य, धुब्र कुमार कुँवर लगायतले बोलेका थिए।

सोही अवसरमा साहित्यकार मल्लको बहुचर्चित समयको हुरी नामक उपन्यासको १ हजार प्रति पुनः प्रकाशित गरिने जानकारी गराइएको थियो । कार्यक्रमको अध्यक्षता अक्षय कोषका अध्यक्ष दिप मल्ल, स्वागत केदारनाथ पौडेल र सञ्चालन अजय मिलन श्रेष्ठले गरेका थिए । स्वर्गीय मल्लको स्मृतिमा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले समेत विभिन्न कार्यक्रम गदैं आइरहेको छ ।

Leave a Reply