छिमेकी जिल्ला बागलुङको तमाखोलामा बिहिवार साँझ भएको ट्याक्टर दुर्घटनामा मालिका गाउँपालिका वडा नं २ रुम का तीनजनाको मृत्यु भएको छ ।  ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला वडा नम्बर ३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको वडा नम्बर ३ भोकखोलामा दुलही लिन जन्ती लिएर गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।

‘घटनाको अनुसन्धान भइरहेको छ,‘दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन्’ भट्टले भने । उनका अनुसार ट्याक्टरमा ३५ जना जन्ती सवार रहेकोमा घटनास्थलमै ३ जनाको मृत्यु, ४ जना गम्भीर घाईते र ५ जना समान्य र २३ जना सकुशल रहेका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।

दुर्घटनामा मालिका–२ का बर्ष ४८ का मनप्रसाद पुन, बर्ष २९ को चालक रमेश घर्ति, बर्ष ४२ का खगेन्द्र पुन र बर्ष ४३ कि गौमाया पुनको थप उपचारका लागी बागलुङ रिफर गरिने बताइएको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।

घटनास्थलमा फेला परेका मृतकहरूको नामावली
१) जिल्ला म्याग्दी मालिका गा.पा. २ जेम बस्ने बर्ष २१ कि रिता पुन ।
२) ऐ.ऐ. बस्ने बर्ष ५२ कि मन कुमारी पुन ।
३) ऐ.ऐ. बस्ने बर्ष ५७ को ओम प्रकास पुन ।
उद्धार गरि उपचारार्थ पठाईएका घाईतेहरू
१) जिल्ला म्याग्दी मालिका २ बस्ने बर्ष ४८ को मन प्रसाद पुन अवस्था सिरियस ।
२) ऐ.ऐ. बस्ने बर्ष २९ को रमेश घर्ती चालक अवस्था सिरियस ।
३) ऐ.ऐ. बर्ष ४२ को खगेन्द्र पुन अवस्था सिरियस ।
४) ऐ.ऐ. बस्ने बर्ष ४३ कि गौमाया पुन अवस्था सिरियस ।

Leave a Reply