नेवारी पोशाकमा सजिएका नेशन पुन मगरले नेपाल आइडल सिजन–३ मा नेवारी गीतमा दमदान प्रस्तुती देखाए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगर नेपाली टेलिभिजन इतिहासमा सर्वा्धिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा मेगा श्रेष्ठसँग नेवारी गितमा दर्शक र निर्णायकको मन जित्न सफल भए ।

मगर समुदायमा हुर्किएको, मगर रहनसहनमै हुर्किएका निशेन र मेघाको प्रस्तुतीलाई अतिथि गायिका कुन्ति मुक्तान, संगीतकार शिला बहादुर मुक्तान,निर्णायक न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले प्रशंसा गरेका थिए ।

नेपाल आइडलमा सुरुवातदेखिनै जर्जले समेत सेलीब्रेटीको रुपमा चर्चा गरेसँगै नेशनको प्रस्तुतीले समेत ब्यापक चर्चा पाउन थालेको छ । आफ्नो गायन कलाबाट निर्णायकलाई रिझाउन सफल नेशन नेपाल आईडलमा निर्णायकको सकरात्मक र उर्जा थपिने गरी प्रस्तुती दिनेमा अग्रसुचीमा छन् ।

नेशनलाई टप १० मा सुरक्षित भएका छन् । अन्नपूर्ण गापा–६ घारको चित्र स्थायी घरभई हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुनलाई आइडलको अग्रसुचीमा ल्याउन मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन सहितको टोलीले ब्यापक अभियान सञ्चालन गरेका छन् । नेपालकै उत्कृष्ट रियालिटी सो भएकाले सबैको साथ आवश्यक रहेको नेशनले बताए ।

‘मलाई जन्मगाउँदेखि विश्वभरबाट सहयोग भइरहेको छ’ नेशनले भने । भोटिङ समयमा सहयोगले आगामी यात्रा थप सहज भएको उनको भनाई छ । उनले पोखराको मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत छन् ।

Leave a Reply