लायन्स क्लब अन्तर्रािष्ट्रय डिस्ट्रिक ३२५ बि वान नेपालले बेनी अस्पतालमा नवजात शिशुको उपचारका लागि झण्डै १८ लाख रुपैयाँका बराबरको उपकरण सहयोग गरेको छ । शुक्रबार अस्पतालमा आयोजित कार्यक्रममा डिष्ट्रिक गर्भनर इन्दु लम्सालले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवाललाई हस्तातरण गरिन् ।

विगत लामो समयदेखि सुरक्षित प्रसूति गृह सञ्चालनसँगै न्यूनतम पूर्वाधार सहित तौल कम भएका, जन्डिस र ज्वरो आएका शिशुको उपचार भइरहेको अवस्थामा लायन्सले आधुनिक उपकरण सहयोग गरेपछि उपचारमा सहज हुने भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक गर्भनर मनबहादुर रोकाले उपकरणहरुले अस्पतामा एनआईसीयु सेवालाई प्रभावकारी बनाउने बताए।सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले लायन्सको सहयोगबाट सामाजिक तथा मानवीय क्षेत्रमा ठूलो योगदान पुगेको बताए ।

कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कुटवालले विगतमा समान्य सञ्चालनमा रहेको नवजात शिशु उपचार कक्ष (एनआईसीयु) लाई आधुनिक उपकरणले थप सेवा सहित सञ्चालनका लागि सहज भएको बताए ।

उनले भविस्यमा थप उपकरणका लागि समेत लायन्सलाई सहयोग माग्ने बताए । सोही अवसरमा अस्पतालका प्रमुख डा. अमृत अधिकारीले बच्चाहरूमा कुनै संक्रमण वा समस्या देखिएमा उपचारमा कठिनाई हुने गरेको अवस्थामा उपकरणले अस्पतालभित्रै सहज भएको बताए ।

जन्मिएका बच्चालाई तत्कालै आवश्यक पर्ने उपचारका सम्पूर्ण सेवा शिशु कक्षमा उपलब्ध रहेको छ । म्याग्दी र पर्वत बेनीमा क्रियाशिल लायन्स क्लवहरुको पहलमा आवश्यक उपकरण प्राप्त भएको डेपुटी चिप एडभाइजर सन्तोष रावलले बताए ।कार्यक्रमको सञ्चालन डिष्ट्रिक को–चिप एडभाइजर चन्दकुमार केसी र अध्यक्षता लायन्स क्लव अफ बेनीका अध्यक्ष चन्द्रप्रकाश बराईलीले गरेका थिए ।

Leave a Reply