बेनी नगरपालिका–४ डाँडाखेतमा अवस्थित बालमन्दिर आधारभुत विद्यालयमा शुक्रबार आयोजित अभिभावक भेलाले ब्यवस्थापन समिति गठन गरेको छ । स्थानीय यूवा सुमन बानियाँको अध्यक्षतामा ८ सदस्यीय विद्यालय व्यवस्थापन समितिको गठन भएको हो । समितिको सदस्यहरूमा रिद्धि खड्का, तिलक बानियाँ, विष्णु किसान, करिस्मा कार्की, देउकुमराी बानियाँ रिता, पदेन सदस्य वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल, शिक्षक प्रतिनिधि तिर्थ बहादुर बानियाँ, सदस्य सचिव प्रधानाध्यापक रामप्रसाद पौडेल रहेका छन् ।

ब्यवस्थापन समिति चयन तथा शैक्षिक गतिविधिमा छलफल भएको कार्यक्रममा वडा अध्यक्ष पौडेलले सामुहिक प्रयासबाट गाउँको विद्यालयलाई नमुना बनाउनुपर्नेमा जोड दिए । वडाभित्रका विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको बताए । बेनी नगरपालिकाका स्रोतब्यक्ति जयराम सुबेदी, धवलागिरी माविका राजाराम पौडेल लगायत अभिभावकको उपस्थिती रहेको थियो ।

आगलागीबाट ध्वस्त विद्यालय पुननिर्माण अभियानको आर्थिक संयोजक समेत रहेका नवनिर्वाचत अध्यक्ष बानियाँले आगलागीबाट ध्वस्त विद्यालयलाई स्थानीय, सरकारी निकाय तथा प्रवासमा रहेका म्याग्देलीको पहलमा आर्थिक संकलन भएको बताउँदै गुणस्तरीय शिक्षाका लागी अभियानमा सक्रिय हुने बताए ।

उनले वडा तथा नगरपालिकाका जनप्रतिनिधि, शैक्षिक निकायको सहयोगमा शैक्षिक गुणस्तरमा केन्द्रित हुने बताए । केहीबर्ष अगाडी आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको ८ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुदाँ ९२ लाख रुपैया बराबरको क्षत्ती भएको थियो । भवन निर्माणको अभियानमा कोरियाली संस्था ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माणमा सहयोग समेत प्राप्त भएको थियो ।

Leave a Reply