वेष्ट पोइन्ट कलेजमा दुइदिने प्रभावकारी बाचन कलातालिम शुरु भएको छ । कलेजमा गठित इन्फ्ल्युन्सियल ब्याचलर्स क्लबको आयोजनामा तालिम शुरु भएको हो ।

बोल्नु नौलो होइन तर सुन्नेलाई सुनौ सुनौगरी बोल्नका लागी खास कलाको आवस्यक पर्दछ, अधिकांश वक्ताले के बोल्ने कसरी बोल्ने र कतिबोल्ने भन्ने ज्ञान नहुदा श्रोता र दर्शकलाई नैराश्यता हुँदा बोल्ने कलाको बिकास गर्नु पर्छ भन्ने उद्देस्यले कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

तालिममा कक्षा ११, १२ र बिबिएसका साथै क्लबका गरि २५ जना सहभागी भएका छन् । तालिममा म्याग्दी जेसिसका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ र नेपाल जेसिसका राष्ट्रिय पुर्व अध्यक्ष धनन्जय श्रेष्ठले शहजिकरण गरिरहनु भएको छ ।

एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको थियो कार्यक्रममा म्याग्दी जेसिस वर्ष २०२०का अध्यक्ष सुजन बरुवाल कलेजका भाइस प्रिन्सिपल कृष्ण जिसीले शुभकामना मन्तब्य ब्यक्त गर्दै तालिमको आयिजना गर्ने क्लबलाई धेरै धेरै धन्यबाददिनुभएको थियो । अध्यक्ष बरुवालले कलेजमा स्थापनाभएको क्लबले धेरै उत्कृष्ट कार्यगर्दै आएको र युवालक्षित यो तालिम गरेकोमा अध्यक्षदिनेशकुमार विश्वकर्मा लगायतक्लबलाई धन्यबाददिनु भएको थियो।

कार्यक्रममाप्रशिक्षार्थीको तर्फबाट तालिमको अपेक्षा सहितसहभागी रोजिनापौडेलले मन्तब्यब्यक्त गर्नु भएको थियो । उद्घाटन सत्र क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माको अध्यक्षता,क्लबकाप्रबक्ताबिबिएस तेश्रो बर्षका विद्यार्थी साजन परियारको संचालन र क्लबका सचिवबिबिएस प्रथमबर्षका सज्जनश्रेष्ठको स्वागतमा सम्पन्नभएको थियो । कलेजको व्यवस्थापन र म्याग्दी जेसिसको प्राविधिक सहयोगमा संचालितकार्यक्रमशनिबार समापनहुने वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply