गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सामाजिक कार्यमा लायन्ससँग सहकार्य गर्ने बताउनुभएको छ । लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक ३२५ बि वान नेपालको शनिबार म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा तेस्रो क्याबिनेट वैठकको उद्घाटन गदैं मन्त्री पुनले आवश्यकता र औचित्यका आधारमा सहकार्य गरिने बताउनुभयो ।

मानवीय एवं सामाजिक सेवाका क्षेत्रमा लायन्सले पुर्याएको योगदानको प्रशंसा समेत गर्नुभएको थियो । गण्डकी प्रदेशभित्र कृषि, पर्यटन तथा जलविद्युतको सक्षेत्रमा सम्भावना बोकेपनि पुरानो मानसिकताका कारण सोचेजस्तो परिवर्तन ल्याउन नसकिएको बताउनुभयो । मन्त्री पुनले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै समृद्ध प्रदेश निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको एकल प्रयासले मात्रै समृद्ध गण्डकी प्रदेश बनाउने यात्रा सहज नभएकाले हरेक क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । नागरिकलाई शिक्षित र स्वस्थ्य बनाउनु सरकारको जिम्मेबारी पूरा गर्न जिल्लाको अस्पतालमै मृगौला, मुटु, उच्च रक्तचाप, सुगर जस्ता नसर्ने रोगबाट बच्ने गरी आवश्यक उपकरण सहित ग्रामिण क्षेत्रमा जनचेतनामुलक अभियानलाई समेत सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मानवीय सेवामा संलग्न ठूलो सामाजिक संस्था लायन्सले भौतिक पूर्वाधारमा समेत सहयोग गरिरहेको बताउनुभयो। कार्यक्रममा लायन्सका पूर्व मल्पिटल काउन्सिल चेयरपर्सन बालकृष्ण बुर्लाकोटी लगायत विभिन्न लायन्सका जिम्मेबारीमा रहेकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी पुर्व आयुक्त एशोदा तिमिल्सिनालाई ‘लायन नारी सम्मान’ र आफ्नो कलेजो दान दिने सामाजिक अभियान्ता एवम् लायन्सका डिष्ट्रिक्ट–को–चिफ एडभाइजर चन्द्रकुमार केसीलाई सम्मान गरिएको थियो । सोही अवसरमा आयुक्त तिमिल्सीनाले सूचनाको हक र महिलाको राज्य संयन्त्रसम्मको पहुँचका बारेमा मन्तब्य राख्नुभएको थियो।

बैठकको अवसरमा डिष्ट्रिक गर्भनर इन्दु लम्सालले लायन्स क्लबले विभिन्न कार्यक्रममा योगदान गर्नेलाई सम्मान गर्नुभएको थियो । बैठकको अवसरमा लायन्स क्लवले सञ्चालन गरेको ‘पढाऔ अभियान’ अन्तरगत स्थापना भएको अक्षयकोषबाट म्याग्दीका चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

माउन्ट एभरेष्ट आवासीय माविका अनुषा श्रेष्ठलाई २४ हजार, गलेश्वर मावि तोरीपानीका एलिना बानियालाई आठ हजार, बेनी सामुदायिक माविका सविन परियारलाई आठ हजार र माउन्ट एभरेष्ट आवासीय माविका तेजबहादुर घर्तीलाई चार हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको डिष्ट्रिक एडभाइजर सरोज बानियाँले जानकारी दिनुभयो ।

गर्भनर इन्दु लम्सालको अध्यक्षता, सेक्रेटरी बिनोद ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको बैठकको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । बैठकमा देशभरबाट १३ सयजना लायनहरुका साथै धौलागिरीभित्रका चारजिल्ला गरी कुल १५ सय लायन सहभागी भएको मुल संयोजक एवम् डेपुटी चिप एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो । वैठकमा सहभागी हुन आएकालाई विभिन्न जातजातिहरुको भेषभूषा र झाँकी, नौमती पञ्चेबाजासहित खुलामन्चबाट प्रभातफेरी ¥याली निकालिएको थियो ।

Leave a Reply