नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा उत्कृष्ट १० मा पर्न सफल नेशन बुद्धुजा पुनलाई नेपाल आइडलको उपाधी दिलाउने अभियानमा साथ दिन अपिल गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रे स्थायी घर भई हाल पोखरामा बसोबास गर्ने नेशनको सांगीतिक यात्राका बारेमा जानकारी गराउन शनिबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा उनका बुबा यामबहादुरले नेपाल आइडलको उपाधी म्याग्देली छोरालाई दिलाउन भोटिङ सहित प्रचारप्रसार गरिदिन अनुरोध गरेका थिए।

उनले आफुँले म्याग्दीमै सवारीसाधन चलाउने गरेको बताए । उनले छोराले पोखरा र चितवनबाट शिक्षाका साथै पोखराको रानीपौवा स्थित जोजीजू सारेगम संगित विद्यालयबाट संगीत ज्ञान आर्जन गरेको बताए ।‘फुटबलमा राम्रो खेलाडी भएको हेर्ने चाहन्थे,‘पसलमा किन्न जाँदा गितार रोज्यो’ बाल्यकालको स्मरण गदैं उनले भने । सानै उमेरदेखी गीत संगितमा रुची रहेकाले अहिलेको सफलता प्राप्त भएको उनको भनाई छ ।

यामबहादुर म्याग्दी र पोखराको रुटका अनुभवी चालकको रुपमा चिनिन्छन् । सोही अवसरमा नेसन बुद्धुजा जिताउँ अभियानका संयोजक नारायण पुनले नेपालको लोकप्रिय रियालिटी शो मा म्याग्देली यूवालाई जिताउन सकिने बताए । उनले म्याग्दीबाट प्रवासमा रहेकाले समेत सजिलै भोट गर्न सकिने बताए

नेसनका लागि भोटिङ्ग गर्न शुक्रवार राती ८.३० बजेदेखी सोमबार दिउँसो १२ बजेभित्र सकिन्छ । यसहप्ता नेशनले मेगा श्रेष्ठसँग नेवारी गित र शेर्पाको भेषमा दमदार प्रस्तुती देखाउन सफल भएका छन् । उनलाई मोवाईलबाट पनि म्यासेज वकसमा गएर NI08 टाईप गरी ३७००० मा म्यासेज गर्न सकिन्छ भने मोवाइलमा सोझै १६६६७७०८ नम्बरमा फोन गर्न सकिन्छ ।

विदेशबाट यसरी गर्नुहोस् भोटिङ
विदेशमा रहेका नेपालीले नेशनलाई भोट गर्ने जानकारी नभएको बताइरहेको बेलामा नेपाल बाहिर रहेकालाई समेत भोटिङ गर्न सजिलो हुने भएको छ । भारतबाट भोडाफोन मोवाइलबाट ५३०१०मा, खाडीमुलुक कतारबाट ओरिडोको फोनबाट ९२३०० मा, मलेशियाबाट अल टेलिकसबाट ३३३१० मा म्यासेजगरी वा इन्टरनेट चलाउनेले Respect and Rise एप डाउनलोड गरी पनि भोट गर्न सकिने अभियान्ता जंगबहादुर पुनले बताए । उनले मोना आइसीमार्फत विश्वभर रहेका म्याग्देलीलाई समेत उक्त अभियानमा साथ दिन अनुरोध गरेका छन् ।

मगर समुदायमा हुर्किएको, मगर रहनसहनमै हुर्किएका नेशनले अन्य जातिको गीतमा समेत दमदार प्रस्तुतीले नेपाली जातजाति बिचको एकता र सहकार्यसँगै नेपाल विभिन्न जातजातिको साझा फुलबारी भएको सन्देश प्रवाह गर्न सफल भएको मोना नेदरल्याण्डका अध्यक्ष समेत रहेका पुनले बताए । नेशनको प्रस्तुतीमा जादु रहेको निर्णायक न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले बताउँदै आइरहेका छन् ।

Leave a Reply