दुवै मृगौला काम नलाग्ने भएकी मंगला गाउँपालिका ४, धापुङकी २१ बर्षिया सगीता छन्त्यालको परिवारले सहयोगको याचना गरेका छन् । लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिपोखरामा उपचार गराइरहेकी छन्त्याललाई मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको हो ।

उपचारमा घरबाट आर्थिक जुटाउन सम्भव नभएपछि स्वदेश तथा विदेशमा रहेका सहयोगदाताबाट सहयोग संकलन गरी उपचार गर्नुपर्ने बाध्यता रहेको पीडित छन्त्यालले बताईन् । मृगौला प्रत्यारोपणका लागि १० लाखको हाराहारीमा खर्च हुने भएपछि रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको पीडित छन्त्यालको परिवारको भनाई छ । संगीता बचाउन प्रभु बैकमा रहेको खातामा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सहयोगको लागी

प्रभु बैंक कोखाता नम्बर(09500101605034000001)

थप जानकारी को लागि मोबाइल न.9847731815, 9821371519,9821384703 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply