अख्तियारले नेकपा नेतालाई उन्मुक्ति दिएको विरोधमा तरुण दलको प्रदर्शन

बालुवाटार स्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् ।

अख्तियारले कांग्रेसउपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको विरोध गर्नुपरेको कोण सभामा बोल्न ब्यक्ताहरुले बताएका छन् । विविध नारा सहित पार्टी कार्यालय संगमचोकबाट निस्कीएको ¥याली बेनी बजार परिकर्मा गरि विरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्यागदीका सभापती खम बहादुर गर्बुजा खम्बीरले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नगरि काँग्रसका नेतालाई फसाउन खोजेको बताउनुभयो । संविधान सभा सदस्य रेशम बानियाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको बताउनुभयो ।

कार्यक्रममा उपसभापती माधव प्रसाद रेग्मी, सचिव क्या मिन बहादुर कार्की, सह–सचिव भरत बहादुर रकाले नेपाल विद्यार्थी संघ म्याग्दीका सभापती निर्मल खत्री लगाएत बोल्लुभएको थियो ।ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

Previous articleजलजलामा आयोजित गौमहोत्सवको आय–व्यय सार्वजनिक
Next articleदशौं बेनी बोडीङ कप सुरू