म्याग्दी सदरमुकाम बेनीमा आइतबारदेखि अन्तर निमावी जिल्ला स्तरीय दशौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिताको सुरु भएको छ । बेनी आवासिय माविको जुरेसले आयोजना गरेको प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गदैं विद्यार्थीलाई खेलकुद सहित अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका स्रोतब्यक्ती मोहन बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल, विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँ र प्रधानाध्यापक मनोहर राज गोर्खालीले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतियोगिता माघ २७ देखि फागुन १ गतेसम्म सञ्चालन हुने जनाइएको छ। उद्घाटन कार्यक्रमको सभापतित्व युरेश अध्यक्ष अनुपम श्रेष्ठ, स्वागत मन्तब्य खेल शिक्षक विनोद घर्ती र सञ्चालन शिक्षक विशाल खत्रीले गरेका थिए । हरेक बर्ष विद्यालयको जुरेशले फुटबल प्रतियोगिता सहित विभिन्न रचनात्मक कार्य गदै आइरहेको छ ।

Leave a Reply