प्रहरी विनाको समाज र नागरिक विनाको प्रहरी कल्पना गर्न नसकिने भन्दै यूवाहरूसँग मिलेर रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। समुदायको सकारात्मक सहयोगबाट मात्रै प्रहरी कार्य प्रभावकारी र सफल हुने भन्दै बेनी नगरपालिकामा समाजिक सेवाका लागि प्रहरीसँग एक सय युवा स्वयम्सेवक अभियानको आरम्भ गरिएको छ ।

नेपाल युवा परिषद् म्याग्दीको आयोजनामा सिविन नेपालको सहयोग तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहकार्यमा आयोजित कार्यक्रममा म्याग्दी जिल्लाका विभिन्न स्थानिय तहका युवाहरु सहभागी रहेका थिए ।म्याग्दीका युवा वर्गहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले समुदायको सकारात्मक सहयोगबाट मात्रै प्रहरी कार्य प्रभावकारी र सफल हुने बताए । उनले सर्बसाधारणको प्रहरी प्रतिको विश्वास अभिवृद्धि गर्न, नागरिकमा प्रहरीप्रतिको नकरात्मक सोचलाई हटाउन तथा सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको हातेमालो र समन्वयमा यूवाहरूले सुरु गरेको अभियान प्रभावकारी हुने बताए ।

युवा स्वयम् सेवकका लागि नेपाल युवा परिषद् म्याग्दी र म्याग्दी जिल्लाका अन्य विद्यालयहरुसँग पनि सहकार्य गर्ने प्रनाउ कुँवरको भनाई छ । बेनीको ग्रामीण भेगमा विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने नेपाल युवा परिषद् म्याग्दीका अध्यक्ष छबिलाल आचार्यले बताए ।

उनले विपद् ब्यवस्थापन, सामाजिक कुरीती विरुद्धको अभियान, कानुनी सचेतना फैलाउन साथै अन्य थुप्रै सामाजिक सेवामा युवाहरु परिचालन गरिने बताए । कार्यक्रममा संगम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगर लगायतको सहभागिता रहेको अभियानकी सदस्य रञ्जना श्रेष्ठले बताईन् । जिल्लामा यूवाहरुको सक्रियतामा बालविवाह लगायतका सामाजिक विभेद अन्त्यका अभियान नियमित सञ्जालन हुने गरेका

Leave a Reply