बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ ।  पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको चौतर्फि बिकासका लागि उक्त नगद सहितको अन्य साम्रगी सहयोग गर्नुभएको बिद्यालयका प्रधानाध्यापक बिष्णुु प्रसाद ढुङगानाले जानकारी दिनुभएको छ ।

सहयोग हस्तान्तर गर्दै गर्बुजाले आगामी दिनहरुमा बिद्यालयको आबश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बेनि नगरकार्यपालिका सदस्य योगेन्द्रमान गौचन, वडा सदस्य बिष्णु रकाल बिद्यालयका सल्लाहकार कृष्ण बहादुर मल्ल, समाजसेबी चन्द्रलाल शर्मा, र बिद्यालयमा लामो समय सेवा गरेका शिक्षक गंग बहादुर मल्ल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता बेनी नगरपालिका १० का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर पुन मगरको प्रमुख आतिथ्यता र शिक्षक खेमराज सुबेदिको सन्चालनमा सम्पन्न भएको थियो ।
२०७६ माघ २८ गते साँझ ७ बजे समिर रोका

Leave a Reply