रुम स्वास्थ्यचौकीलाई अक्सिजन सिलिण्डर सेट हस्तान्तरण

जिल्लाको मालिका गाउँपालिका–२,रुममा रहेको स्वास्थ्यचौकीमा एक परिवारले अक्सिजन सिलिण्डर सेट हस्तान्तरण गरेका छन्। स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा स्वर्गीय इम बहादुर रसाईलीको १३ औं पुन्यतिथिकमा छोरा प्रकाश रसाइलीले करिव १८ हजार बराबरको अक्सिजन सिलिण्डर स्वास्थ्यचौकी इन्र्जाज बीरबहादुर पुनलाई हस्तान्तरण गरेका थिए।

भौगोलिक रुपमा विकट रुमको स्वास्थ्य चौकीमा दैनिकजसो आउने विरामीलाई आवश्यक पर्ने उपकरणहरुको अभावले समस्या हुने गरेको अवस्थामा प्राप्त सिलिण्डर सेटले दमका बिरामीलाई सहज हुने इन्र्चाज पुनले बताए ।

सोही अवसरमा नगद समेत सहयोग गरिएको थियो । मृतक रसाईलीका १ छोरी र ४ छोरा छन् । ३ छोरा वैदेशिक रोजगार मा कार्यरत छन्। उपकरण हस्तान्तरण कार्यक्रमको अध्यक्षता नन्दलाल घर्ती र सञ्चालन धनमला पुनले गरेको स्थानीय यूवा भुपेन्द्र नेपालीले जानकारी दिए ।

Previous articleदिपक मावि पात्लेखेतलाई गर्बुजाको सहयोग
Next articleपर्वतमा दुई किलोमिटर लम्बाइमा फलाम खानी