झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो ।विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ ।

त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीको एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको पोखरलले जानकारी दिए ।उनका अनुसार इलेक्ट्रिकल रेसिस्टीभिटी (ईआरटी) को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको छ ।

अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ । २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमुना संकलन गरिरहेको पोखरेलले बताए । यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ ।आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply