म्याग्दी बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ मुल इकाई समितिको १२ औँ अधिवेशनबाट सुजता खत्रीको अध्यक्षतामा ६३ सदस्यीय मुल इकाई समिति गठन गरिएको छ।

बुधबार सदरमुकाम बेनीमा क्याम्पसमा अध्ययनरत नेपाली कांग्रेस निकट विद्यार्थीहरुको भेलाबाट उपसभापतिमा शिव श्रेष्ठ, कस्मिता शर्मा, सचिव आशिक भण्डारी, रेखा पुन, कोषाध्यक्ष शुशिल कुमार श्रेष्ठ, सहसचिव लालबहादुर शेरपुञ्जा प्रकाश, सहसचिव रोहित सिर्पाली, सहकोषाध्यक्ष सन्दिप आचार्य रहेको नेविसंघ म्याग्दीका सचिव विशाल खत्रीले जानकारी दिनुभयो।

अधिवेशनको उद्घाटन गदैं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले रचनात्मक गतिविधिबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीको मन जित्नुपर्ने बताउनुभयो। अधिवेशनमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, महिला संघकी सभापति बिमला गौचन, तरुण दल म्याग्दीका उपसभापति सोहन श्रेष्ठ, नेविसंघका पूर्व नेता बिक्रम बोगटीले नवनिर्वाचत कार्यसमितिलाई बधाई दिनुभएको थियो।

सोही अवसरमा नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले क्याम्पसभित्र नेविसंघ बलियो रहेकाले संगठन विस्तारसँगै विभिन्न अभियान सञ्चालन गरिने बताउनुभयो। इकाई समितिको अधिवेशनको अध्यक्षता सभापति खत्रीले विद्यार्थीको हित विपरितका गतिविधिको शसक्त आवाज उठाउने र काम गरेर विद्यार्थीको मन जित्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता इकाई सभापति खत्री, स्वागत मन्तब्य जिल्ला सहसचिव आशिका भण्डारी र सञ्चालन जिल्ला सचिव विशाल खत्रीले गर्नुभएको थियो ।

Leave a Reply