म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा मादक पदार्थ सेवन गरेर ट्याक्टर चालक रमेश घर्तीसँग साथमा मदिराजन्य पदार्थ जाँड पनि थियो। मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाइरहेका घर्तीको ट्याक्टरमा जेमका प्रताप पुनको माइती भेट्नका लागि जाने क्रममा बाटोमा भेटिएको ट्याक्टर चढेका थिए ।

खच्चरका लागि दाना लिन बोङगादोभान तर्फ जादै गरेको अवस्थामा सोही क्षेत्रमा चालक अनुभवी भएकाले जन्तीको टोली रुम, सोलेडाँडा, तमान आसपासका क्षेत्रबाट चढेर गन्तब्य तर्फ गइरहेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुघर्टना भएको थियो । ‘चालकको लापरवाहीलाई रोक्न खोज्दा टेरेनन्, रक्सीले मातेका चालकले गीत बजाइरहेका थिए’ ट्याक्टरमा सवार मनप्रसाद पुनले भने।

चालकले मदिरा सेवन गरेको देखेपछि धेरैले रोकेर पैदलयात्रा गर्न चाहेपनि चालकको लापरवाहीले दुर्घटनामा परेको यात्रुको आरोप छ। गएको बिहिबार साँझ करिव साढे ५ बजेतिर बागलुङको तमानखोलाजादै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बुलबुले भन्ने ठाउँमा बिहीबार साँझ दुर्घटना भएको थियो।

मदिरा सेवन गरेका चालकलाई पटक–पटक रोक्ने प्रयास गरिएपनि सफल नभएको यात्रुको गुनासो छ । सात परिवारका करिव ३५ जना तमानखोलातर्फ लागेका थिए। ‘गाउँकै ट्याक्टर रित्तो अवस्थामा देखेपछि चढ्नेहरुले नै केही समय यात्रा गरेपछि पैदल हिढ्न खोजेका थिए,‘सडक राम्रो भएपनि चालकको लापरवाहीले तीनजनाले ज्यान गुमाए’ स्थानीय बिरेन्द पुन मगरले भने।चालकले मदिरा सेवन नै दुर्घटनाको कारण भएको बताए । ट्याक्टरको पछिल्लो ढालामा एकले अर्कालाई समातेर यात्रु उभिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ जेमका ५७ बर्षीया ओमप्रकाश पुन, ५२ बर्षीया मनकुमारी पुन र २१ बर्षिया रिता पुनको घटनास्थलमै मृत्यु भएको थियो ।ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनमा घाईते उपचारपछि घर फर्किएका छन भने गौमाया पुनको बुटवलमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नबराज भट्टले चालकलाई नियन्त्रणमा लिइएको बताए।

‘दुर्घटनामा चालकको लापरवाही देखिन्छ,‘थप अनुसन्धान भइरहेको छ’ उनले भने ।म्याग्दी र बागलुङको उक्त क्षेत्रमा ट्याक्टर र सामान बोक्ने बोलेरोमा यात्रु आवतजावत गर्ने गरेकाले दुवै जिल्लाबाट अनुगमन आवश्यक रहेको बताए । ‘ग्रामिण सडकमा ट्याक्टरमा यात्रा जोखिमपूर्ण हुन्छ,‘ साँघुरो सडकमा ढाला अनियन्त्रित हुने सम्भावना धेरै हुन्छ’ एसपी भट्टले भने । ग्रामिण क्षेत्रमा प्रहरीको पहुँच कम हुने भएकाले क्षमताभन्दा दोब्बर यात्रु बोक्ने, ट्याक्टर लगायत अन्य निजी सवारीसाधनले समेत यात्रु बोक्ने गरेपनि नियमत हुन सकेको छैन् ।

चढेको पाँच मिनेटमै दुर्घटना
गाउँबाट कोशेली लिएर माईती भेट्न हिडेकी मनकुमारी पुन तमानखोला नजिकबाट ट्याक्टरमा चढेकी थिईन् । झिसमिसे साँझमा पुनसँगै पदैलयात्रामा रहेकाले ट्याक्टरमा यात्रा गरेको पाँच मिनटेमै दुर्घटना भएको स्थानीयको भनाई छ । दुर्घटनामा मनकुमारीको घटनास्थलमै मृत्यु भएको थियो भने उनीसँगै चढेका यात्रु घाइते भए । आफ्नो चलनचल्ती अनुसारको सामान लिएर जादै गरेको अवस्थामा ट्याक्टर मनकुमारी नजिक रोकिएको थियो । ‘बागलुङ खण्डको सडक राम्रो भएकाले ओर्लिन खोज्नेहरु पनि ट्याक्टरमै थिए,‘ बुलबुले भन्ने ठाउँमा खस्यो’ एक यात्रुले भने । म्याग्दीभन्दा बागलुङखण्डको बाटो मर्मत गरिएको छ।ट्याक्टरबाट खस्नेहरुलाई धेरै चोट लागेको छ ।

शिक्षक बन्ने चाहना अधुरो
हरेक मान्छेको आफ्नै सपना हुन्छ, भविष्यमा के बन्ने–के गर्ने भन्ने लक्ष्य। त्यही सपनाले नै एकदिन मानिसलाई सफलताको शिखरमा पु¥याउँछ । रुमकी रिता पुनले पनि आफ्नो लक्ष्य निर्धारण गरिसकेकी थिइन्। २०७१ सालमा गाउँबाटै एसईई दिएकी २१ बर्षिया रिता पढाईमा अब्बल थिईन् । एसइईपछि बागलुङको विद्यामन्दिर उच्च माविमा विज्ञान विषय उत्र्तिणा गरेकी रिताले विज्ञान विषयको शिक्षक बन्ने चाहना थियो ।

रुम इङलिस बोडिङ स्कुलमा माघ १२ गते आइतबारदेखि स्वयमसेवक शिक्षकको रुपमा कार्यरत थिईन् । विद्यालयमा विज्ञान विषयमा पाँचदिनमात्रै पढाउन सुरु गरेकी रिता शिक्षकस्टापहरुको मन जित्न सफल भएको विद्यालयका प्रिन्सिपल भुपेन्द्र नेपालीले बताए। ‘नयाँ शैक्षिकसत्रमा शिक्षकको रुपमा नियुक्ती दिने तयारी थियो,‘एकमहिना सहयोग गर्छु भन्नुभयो’ नेपालीले भने ।

उनले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा समेत प्रयाप्त समय दिने, सहकार्य गरी विद्यालयका गतिविधिमा सहभागी हुने जस्ता कार्यबाट उत्साहित भएको अवस्थामा दुर्घटनाले सपना चकनाचुर पारेको बताए। विद्यालयकी शिक्षक विपिशा रसाईलीले बुधबार विद्यालयबाट घरतर्फ जाने क्रममा तीनदिनसम्म आफन्तको विवाहमा जानुपर्ने भएकाले आउन नसक्ने जानकारी गराएको बताईन् ।

‘छोटो समयको चिनजानले जीवनभर स्मरण हुने बनाउनुभयो,‘नाचगान पनि राम्रो थियो’ उनले भनिन् । रिताको स्वर र नाचलाई स्थानीयले समेत रुचाउने गर्दथे।प्रयाप्त अवसर पाएमा गायिका बन्ने सम्भावना रहेको भन्दै धेरैले प्रशंसा समेत गर्ने गरेका थिए । रिताकी बहिनी सिरीया पुनले शिक्षक र गायन क्षेत्रमा भविस्य बनाउने योजना रहेको भन्दै सुनाउने गरेको बताईन् । दुर्घटनामा रिताको सबै इच्छा, चाहना र योजनाको चकनाचुर परिवारको भनाई छ ।मेहनती, लगानशील, अनुशासित रिताको दुर्घटनाको खवरले उनका सहकर्मी समेत स्तब्ध छन् ।

Leave a Reply