म्याग्दीको सदरमुकाम बेनीबजारस्थित इन्द्रेणी टोलमा रहेको ‘होटल लगिन’ को दोस्रो तला कोठा नं १०३ मा म्याग्दी जिल्लाको ग्रामिण परिवेश, रहनसहन, प्राकृतिक सौन्दर्यता, मनोरम हिमशृंखला, कला, संस्कृति आदि मौलिकतालाई समेटेर बनाइएका तस्वीरहरु छन्।

सानो कोठाभित्र यूवा चित्रकार ललिन्द्र थापा मगरले हातमा ब्रस र रङ लिएर धौलागिरी हिमाल,केही नजिक बस्ती तथा वरपर राताम्मे फूलेको लालिगुराँसको पेन्टिङ गरिरहेका छन्।  उनीसँग ग्रामिण बस्ती र पृष्ठभूमिमा हिमाल हाँसिरहेका पेन्टिङ धेरै छन् ।क्यानबास, एक्रेलिक,पेन्ट गर्ने पेन्सिल,रंग, लगायतको प्रयोगले तयार गरिएका पेन्टिकले कोठाभित्रको माहोल रंगीन बनाएको छ ।

म्याग्दीको मंगला गाउँपालिका बरंजाका थापा मगरले करिव ८ बर्ष खाडी मुलुक कतार र कुवेतमा काम गरेर फर्किएपछि होटल ब्यवसायसँगै आफ्नो रुचीको पेशा पेन्टिङ ब्यवसायमा समेत थापामगरले समय दिएका छन्। ‘बैदेशिक रोजगारमा जाँदा खुम्चिएको रुचीलाई अहिले निरन्तता दिइरहेको छु,‘सानैदेखि चित्र बनाउने गरेको थिए’ थापामगरले भने। उनले आफ्नो प्रमुख ब्यवसाय होटल भएपनि चित्रकार बन्ने बाल्यकालकै लक्ष्य भएकाले पेन्टिङ ब्यवसायलाई समेत निरन्तरता दिएको बताए ।

उनले आफ्नो रेष्टुरेन्टको काउण्टरदेखि गेष्ट रुममा समेत विभिन्न चित्रहरु सजाएका छन्। ‘एउटा पेन्टिङमा मैले चार दिनसम्म विताएको छु,‘दुईघण्टामै पनि राम्रो पेन्टिङ बनाउन सकिन्छ’ थापामगरले भने । एउटा सफल चित्रकार बन्ने सपना बुनेर उनले पोखराका प्रसिद्ध कलाकार आलोक गुरुङसँग समेत एक महिना तालिम लिएका छन्।

उनले चित्रकलामार्फत गुजरा चलाउन मुस्किल हुने देखेर होटल ब्यवसायमा होमिएपनि अहिले उनको होटल ब्यवसायबाट समेत सन्तोषजनक कमाइ छ । ‘फुर्सदमा कोठमा प्रवेश गरेर बनाइरहनेछु,‘चित्र बनाउँदा सोही ठाउँमा पुगेको अनुभुती हुन्छ’ उनले भने । आफ्नो पेशाबाट परिवारका सदस्य, आफन्त र साथीहरु समेत उत्साहित भएकाले थप अगाडी बढ्न सहज भएको बताए । ग्लोरी फाइन आर्ट गु्रपका सदस्य समेत हुन्। ग्रु

पले पर्यटकीयस्थल टोड्केमा आगामी फागुन १७ गते लाइभ पेन्टिङ गर्ने तयारीमा समेत उनी ब्यस्त छन् । उनले सरकारी तथा निजी संघसंस्था, ब्यक्तिगत प्रयोजनका लागी चित्र किनेर आ–आफ्ना घर सजाउने सकेमा मात्रै पेशाबाट आम्दानी समेत हुने बताए । उनले होटल ब्यवसायमा संलग्न भएपनि कलाकारको रुपमा आफ्नो परिचय दिन रुचाउने बताउँछन् ।

Video link : https://youtu.be/fh4PH-dOWK8

Leave a Reply