---Advertisement---

सुदिप स्मृति कोषले उच्च माविमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

On: February 13, 2020 9:14 PM
Follow Us:

सुदिप रावल स्मृति कोषले राष्ट्रिय शिक्षा परिषद्ले सञ्चालन गरेको दश जोड दुईको परिक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

बिहिबार स्वर्गीय रावलको ११ औ स्मृति दिवसको अवसरमा २०७५÷७६ सालमा लिएको परीक्षामा जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा शुशिला घर्ती (३.४८ जिपिए), द्धितीय वेष्ट पोइन्टकै सुस्मिता (३.३३ जिपिए) तृतिय बेनी सामुदायिकको नरेश शर्मा (३.३२ जिपिए) लाई प्रमुख अतिथि पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ पुनले सम्मान गर्नुभएको थियो ।

प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद रु. ६ हजार, ३५ सय र २ हजारको साथमा सम्मान पत्र एवम् खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य समेत रहेकी थापाले वर्तमान अवस्थामा देशभित्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताउनुभयो । सोही अवसरमा सल्लाहाकार कृष्ण थापा, न्यु वेष्ठ पोइन्टका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो।

पुरस्कार वितरणको स्वागत तथा कोष स्थापनाका बारेमा कोषाध्यक्ष चन्द्रकुमार केसी र सञ्चालन कोषका सचिव विक्रम बोगटीले गर्नुुभएको थियो ।

कार्यक्रम सुदिप रावल स्मृति कोषका अध्यक्ष सन्तोष रावलले कोष मार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुद गतिविधि, आर्थिक सहयोग लगाएत विभिन्न कार्यहरुमा सहयोग गरिएको जानकारी गराउनुभएको थियो । २०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाख ५० हजारको अक्षय कोषको स्थापना गरिएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।