म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा सुमन श्रेष्ठ मनोनित भएका छन् । म्याग्दी जेसिजको बर्ष २०२०का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिको २१ औ पदस्थापना कार्यक्रममा मनोनित गर्न बाँकी रहेको उक्त पदमा बेनीका सफल यूवा ब्यवसायी समेत रहेका श्रेष्ठलाई मनोनित गरिएको हो ।

सोही बैठकले शाखा निर्देशकमा विनादे बराललाई मनोनित गरेको महासचिव सुमन बानियाँले जानकारी दिए । उनका अनुसार म्याग्दी जेसीजको विधान अनुसार मनोनित गर्ने पदहरुको पूर्णता पाएको बताए ।

यता बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा मनोनित भएपछि श्रेष्ठले धन्यवाद दिदैं जेसिजका अभियानमा निरन्तर सक्रिय हुने बताए। बिहिबारको बैठकमा विभिन्न कार्यक्रमका बारेमा शाखा अध्यक्ष सुजन बरुवालले जानकारी गराएका थिए । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ।

Leave a Reply